विदुरमा पानीबाट मासिक १७ लाख संकलन, १० लाख वचत ऋण तिरिंदै

विदुरमा पानीबाट मासिक १७ लाख संकलन, १० लाख वचत ऋण तिरिंदै
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको बिदुरमा पिउने पानीबाट मासिक १७ लाख रुपै‌याँ संकलन हुने गरेको छ । उक्त रकम ऋण तिर्न र कार्यालय सञ्चालनका लागि खर्च हुँदै आएको छ । बिदुर नगरपालिका क्षेत्रमा पिउने पानीको आपूर्ति तथा व्यवस्थापन गर्दै आएको बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बिदुर नगर क्षेत्रमा पिउने पानी वितरण गरेर त्यसवापत उपभोक्तावाट मासिक १७ लाख रुपैंयाँ पानी महसुल संकलन हुँदै आएको जनाएको छ।

उक्त रकममध्ये सात लाख कर्मचारीको तलव तथा कार्याल सञ्चालनमा खर्च हुँदै आएको संस्थाले जनाएको छ । बाँकी रहेको १० लाख रुपैंयाँ नगर विकास कोषको ऋण चुक्ता गर्ने कार्य भइरहेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्जिववहादुर श्रेष्ठले जानकारी दिए । संस्थामार्फत चार हजार आठ सय उपभोक्ता रहेको र त्यसबाट मासिक रुपमा १७ लाख रुपैंयाँ पानी महसुल संकलन भइरहेको समेत उनले जानकारी दिए । 

उनले झण्डै साढे तीन दशकको यात्रामा रहेको संस्थाले कार्यालय सञ्चालन तथा व्यवस्थापनमा कुनै समस्या नरहेको जनाएको छ । संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको विषयलाई लिएर सचिव रघुनाथ रिमाल सत्याग्रहमा बसेको प्रसंगलाई उल्लेख गर्दै संस्थाको आर्थिक अवस्था कमजोर नभएको स्पष्ट पारे। अध्यक्ष श्रेष्ठका अनुसार संस्थाको मासिक आम्दानी क्रमशः वृद्धि हुँदै गएको छ । नगर विकास कोषको ऋण समेत घटाउन सकिने अवस्थामा संस्था पुगेको जानकारी दिए । 

संस्थाका अध्यक्ष श्रेष्ठले विदुर ५ पिपलटारका उपभोक्ताबाट उठाउन बाँकी शुल्क क्रमशः संकलन भइरहेको, हाल नगर विकास कोषको करिब २८ करोड रुपैंयाँ ऋणको ब्याज तिर्दै आएको र अब साँवा रकम समेत घटाउन सक्ने हैसियत संस्थासँग रहेको दाबी गरेका छन् । उनले संस्था कमजोर नभई अझ सबल बन्दै गएको, उपभोक्ताको विश्वास जित्दै निरन्तर खानेपानी सेवा उपलब्ध गराइरहेको तथा मासिक शुल्क संकलनमा समेत सुधार भइरहेको दावी गरे । संस्थाले प्रत्येक उपभोक्तासँग मासिक रुपमा प्रति १५ युनिट पानीको दुई सय ५० रुपैंयाँ पानी महसुल संकलन गर्ने गरेको छ । 

उक्त पत्रकार सम्मेलनमा संस्थाकी कोषाध्यक्ष अम्विका खनाल चित्रकारसहित सम्पूर्ण सदस्यहरु दीपकबहादुर तिमिल्सिना, शंकर पाण्डे,  गोविन्द अधिकारी, विन्दा सडौला र सीता अधिकारीको  उपस्थिति रहेको थियो भने उपाध्यक्ष राजेन्द्र पाण्डे र सचिव रघुनाथ रिमाल अनुपस्थित रहेका थिए ।  
यसैबीच, विदुर खानेपानी बचाउ अभियान राख्दै सचिवद्वारा गरिएको सत्याग्रह तोडिएको छ । नुवाकोटको विदुरमा सञ्चालित विदुर खानेपानी बचाउ अभियान अन्तर्गत विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले दुई दिनदेखि गरेको सत्याग्रह तोडिएको छ ।  

उनले राखेका मागहरू यहि वैशाख २५ गते विदुरमा आयोजित सरोकारवालाबीचको वैठकमा सम्बोधन गर्ने प्रतिबद्धतापछि सत्याग्रह अन्त्य गरेका हुन् । रिमालले विदुर ५ पिपलटारको समस्या समाधान, पानी दुरुपयोग नियन्त्रण, नगर विकास कोषको करिब २८ करोड ऋणसम्बन्धी विषय तथा संस्था निरन्तर घाटामा रहेको जनाउँदै संस्थालाई धरासायी हुनबाट जोगाउनुपर्ने र सर्वपक्षीय छलफल गर्नुपर्ने माग अघि सारेका थिए ।

रिमाललाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जुस खुवाउँदै औपचारिक रूपमा तोडाएका हुन् । साथै, उक्त विषयमा थप छलफल गरी उपयुक्त समाधान खोज्न आगामी २५ गते सर्वपक्षीय भेला आयोजना गरिएको छ । सत्याग्रहमा बसेका विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले उठाएका मागहरू सम्बोधन गर्ने मेयर राजन श्रेष्ठले प्रतिबद्धता जनाइएपछि सत्याग्रह तोडिएको हो ।  पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष सन्जिववहादुर श्रेष्ठले संस्थामा कुनै पनि समस्या नरहेको बताउँदै २५ गतेको वैठकले चार हजार आठ सय उपभोक्ताको पक्षमा निर्णय गर्ने वताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.