करार कर्मचारीमा त्रास : दुई सय बढी दरबन्दी खाली, साढे छ सय बढी करार भर्ना

करार कर्मचारीमा त्रास : दुई सय बढी दरबन्दी खाली, साढे छ सय बढी करार भर्ना

परासी : नवलपरासीका स्थानीय तहहरुमा झण्डै दुई सय स्थायी कर्मचारी रिक्त छन् । स्थायी पदपूर्ति नहुँदा स्थानीय तहहरुले रिक्तभन्दा दोब्बरको संख्यामा करार र ज्यालादारीका कर्मचारी भर्ना गरेका छन् । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह छन् । 

सातै स्थानीय तहबाट संकलन गरेको कर्मचारी विवरणअनुसार स्थायी, करार र ज्यालादारी गरी कुल १,१७३ कर्मचारी कार्यरत छन् । यो संख्या शिक्षक बाहेकको हो । सात वटै पालिकामा कुल ७५९ स्थायी दरबन्दीमा ५०१ जना मात्रै कर्मचारी कार्यरत छन् । यसअनुसार २५८ जना स्थायी पदपूर्ति हुन सकेको छैन । उक्त संख्यामा स्थायी पदपूर्ति नहुँदा स्थानीय तहहरुले रिक्त पदअनुसार ठूलो संख्यामा करार र ज्यालादारीमा कर्मचारी भर्ना गरेका छन्।

करारतर्फ ५३२ र ज्यालादारीतर्फ १३५ गरी कुल ६६७ कर्मचारी भर्ना गरिएको छ । जुन स्थायी रिक्त पदभन्दा ४०९ जना बढी कर्मचारी भर्ना गरी राखिएको विवरणले देखाएको छ । आवश्यकताभन्दा बढी करारमा राखिएको स्थायी कर्मचारीहरु बताउँछन् । त्यसरी राखिएका केही कर्मचारीहरु पालिका प्रमुख÷अध्यक्षलगायतका जनप्रनिधिका आफन्त र आफू निकट दलका कार्यकर्ता रहेको स्थायी कर्मचारीहरुको आरोप छ । तर जनप्रतिनिधिहरुले भने स्थायी पदपूर्ति हुन नसकेपछि आवश्यकताअनुसार करारमा कर्मचाारी भर्ना गरेको दाबी गर्दै आएका छन् ।

त्यसरी राखेका करारका कर्मचारीलाई नियमानुसार प्रक्रिया नअपनाई राखेको बताइएको छ । कर्मचारी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी स्विकृतका लागि प्रदेशमा पठाउनुपर्ने प्रावधान छ । अधिकांश स्थानीय तहहरुले सिधै कार्यपालिकाबाट स्वीकृत गरेर करारका कर्मचारी राखेका छन् । आवश्यकता नै नभएका कर्मचारी राख्दा स्थानीय तहलाई थप आर्थिक व्ययभार पनि उत्तिकै बढेको छ । 

करार र ज्यालादारी कर्मचारी सबैभन्दा बर्दघाट नगरपालिकाले १४४ जना राखेको छ । यसैबीच संघीय सरकारले अहिले सबै स्थानीय तहहरुबाट कर्मचारीको विस्तृत विवरण माग गरेको छ । सबै स्थानीय तहहरुले विवरण पठाइसकेको जनाएका छन् । यसले स्थायी पदपूर्ति हुन सक्ने र आफूहरुको जागिर गुम्न सक्ने भन्दै करार कर्मचारीमा त्रास बढेको देखिएको छ । 

कुन पालिकामा कति कर्मचारी ?
रामग्राम नगरपालिका : 
यस नगरपालिकामा कुल कार्यरत कर्मचारीको संख्या २३२ छ । १३९ स्थायी स्वीकृत दरबन्दीमा १०२ जना कार्यरत छन् । नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार स्थायीतर्फ ३७ जना रिक्त छ । उक्त संख्यामा स्थायी रिक्त हुँदा ९२ जना करार र ३८ जना ज्यालादारी गरी १३० जना कर्मचारी भर्ना गरिएको छ ।  

सुनवल नगरपालिका : यस नगरपालिकामा कुल कार्यरत कर्मचारीको संख्या २०२ छ । ९१ जना स्थायी स्वीकृत दरबन्दीमा ७५ जना कार्यरत छन् । स्थायीतर्फ १६ जना रिक्त हुँदा करारमा ९७ र ज्यालादारीमा ३० जना गरी १२७ कर्मचारी भर्ना गरिएको छ ।  

बर्दघाट नगरपालिका : यस नगरपालिकामा कुल कार्यरत कर्मचारीको संख्या २४४ छ । १२० जना स्थायी स्वीकृत दरबन्दीमा ९५ जना कार्यरत छन् । २५ जना स्थायी रिक्त हुँदा १२२ करार र २२ जना ज्यालादारी गरी कुल १४४ कर्मचारी भर्ना गरिएको छ । 

पाल्हीनन्दन : यस गाउँपालिकामा कुल कार्यरत कर्मचारीको संख्या १३९ छ । ८९ जना स्थायी स्वीकृत दरबन्दीमा ६६ जना कार्यरत छन् । २३ जना स्थायी दरबन्दी रिक्त हुँदा ५१ जना करार र २२ जना ज्यालादारी गरी कुल ७३ जना कर्मचारी भर्ना गरिएको छ । 

सरावल : यस गाउँपालिकामा कुल कार्यरत कर्मचारीको संख्या १३७ छ । ८२ जना स्थायी स्वीकृत दरबन्दीमा ६६ जना कार्यरत छन् । १६ जना स्थायी दरबन्दी रिक्त हुँदा ६७ जना करार र ४ जना ज्यालादारी गरी कुल ७१ जना कर्मचारी भर्ना गरिएको छ । 

प्रतापपुर : यस गाउँपालिकामा कुल कार्यरत कर्मचारीको संख्या १२५ छ । १२६ जना स्थायी स्वीकृत दरबन्दीमा ६६ जना कार्यरत छन् । ६० जना स्थायी दरबन्दी रिक्त हुँदा ५५ जना करार र ४ जना ज्यालादारी गरी कुल ५९ जना कर्मचारी भर्ना गरिएको छ । 

सुस्ता : यस गाउँपालिकामा कुल कार्यरत कर्मचारीको संख्या ९४ छ । ११२ स्थायी स्वीकृत दरबन्दीमा ३१ जना कार्यरत छन् । ८१ जना स्थायी दरबन्दी रिक्त हुँदा ४८ जना करार र १५ जना ज्यालादारी गरी कुल ६३ जना कर्मचारी भर्ना गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.