बागमती गोल्डकप सुरु: बागमती युथको विजयी सुरुवात

बागमती गोल्डकप सुरु: बागमती युथको विजयी सुरुवात

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। बिहीबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ३-० गोलले हराउँदै सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

बागमतीको जितमा सुजन गुरुङले ३१ औं मिनेटमा, राजु लोले ६८ औं र अनिष महर्जनले ७१ औं मिनेटमा गोल गरे। प्लेयर अफ दि म्याच बागमतीका लागि पहिलो गोल गरेका गुरुङ घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। बागमती युथले सेमिफाइनल प्रवेशका लागि सातौं संस्करणका विजेतासमेत रहेका चर्च ब्वाइज युनाइटेड, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ। चर्च ब्वाइजले समूह "ए" बाट बाई पाएका हुन्। 

प्रतियोगिता अन्तर्गत वैशाख १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मछिन्द्र क्लब, काठमाडौंले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ। 

प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्ने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.