बालेन सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ : माधव नेपाल

बालेन सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ : माधव नेपाल
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका छन्।  

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र एकीकृत ट्रेड युनियन महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सह–संयोजक नेपालले गणतन्त्रमा सबै नागरिकको अधिकार सुनिश्चित हुनुपर्नेमा वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका हुन्।

विद्यार्थी र मजदुरको अधिकार नै सरकारले खोस्न लागेको भन्दै उनले संगठित हुन पाउने संवैधानिक अधिकार कसैले खोस्न नपाउने उल्लेख गरे । उनले देशलाई अघि बढाउन कुनै समस्या भए आफूहरू पनि सँगै बसेर समाधान खोज्ने धारणा राखे।

त्यस्तै सह–संयोजक नेपालले वास्तविक सुकुमबासीको पहिचान नै नगरि दमन गर्ने कामलाई जायज भन्न नसकिने स्पष्ट पारे । वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेकाले सरकारको प्रारम्भीक लक्षण राम्रो नदेखिएको उनको भनाइ छ ।

उनले जनतालाई पीडा र यातना दिने गरि जनविरोधी काम नगर्न समेत सरकारलाई सुझाव दिए । नेपालले मजदुरहरूको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न पनि आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.