किन घटिरहेछ सेयर बजार ?

रोकिएन सेयर बजारको ओरालो यात्रा

रोकिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौं : वैशाखको तेस्रो सातामा पनि सेयर बजारको ओरालो यात्रा रोकिएन। यो साता सेयर कारोबार ४ दिन भयो । १ दिन सामान्य अंकले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बढ्यो भने ३ दिन लगातार घट्यो। शुक्रबार बुद्ध जयन्ती तथा विश्व मजदुर दिवसको बिदा परेको हुनाले सेयर कारोबार भएन।

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७८८.७० अंकमा बन्द भएको नेप्से यो साता सेयर कारोबारको पहिलो दिन सोमबार ७.७९ अंकले बढेर २७९६.४३ विन्दुमा पुग्यो। अर्को दिन मंगलबार नेप्से २६.१६ अंक, बुधबार २५.८१ अंकले लगातार घट्यो। यस साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार ५.७३ अंकले घटेर नेप्से २७३८.७२ विन्दुमा आइपुग्यो।

सातामा तीन दिन सेयर घट्दा ५७.७० अंकले घट्यो भने एक दिनमा ७.७३ अंकले बढेपछि नेप्सेमा ४९.९१ अंकले गिरावट आयो। 

अघिल्लो साता पनि नेप्से ४९.६९ अंकले घटेको थियो। यस सातामा मंगलबार उच्च विन्दु २८१२.२९ मा र बिहीबार न्यून विन्दु २७०८.३४ अंकसम्म नेप्से सेयर कारोबार भयो।

यो साता बिहीबार सबैभन्दा घटी ३ सय ४६ वटाको कारोबार भएको थियो। सोमबार र बुधबार सबैभन्दा बढी स्क्रिप्टहरूको कारोबार भयो। यी दुवै दिन ३ सय ५१ स्क्रिप्टहरूको कारोबार भएको थियो।

यस साता सबैभन्दा कम सोमबार ४ अर्ब ७४ करोड ८८ लाख र सबैभन्दा बढी मंगलबार ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भयो। सातामा ४ दिन कारोबार हुँदा जम्मा २१ अर्ब १८ करोड ३४ लाख रुपैयाँले औसत दैनिक ५ अर्ब २९ करोड ५९लाख रुपैयाँबराबरको सेयर किनबेच भयो। 
अघिल्लो साता औसतमा ५ अर्ब ८७ करोड ७७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसले सातामा औसत सेयर कारोबार लगभग १० प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता भने औसत सेयर कारोबार करिब ३५ प्रतिशलले घटेको थियो।

नेप्सेमा अध्यक्षको पद खाली
हेमन्त बस्यालले पदबाट राजीनामा दिएपछि नेप्सेमा अध्यक्ष पद खाली भएको छ। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष वैशाख १४ गते राजीनामा बुझाएका थिए। गत भदौ १० मा नेप्सेको अध्यक्षमा नियुक्ति पाएका बस्यालले विशेष कारणबस राजीनामा दिएको जनाएका छन्।

आईपीओमा आवेदन खुला
याम्बालिङ हाइड्रोपावरले वैशाख १६ देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीको आईपीओमा न्यूनतम १० र अधिकतममा २१ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले १७ करोड ४३ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २८ करोड रुपैयाँबराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। आईपीओमा वैशाख २२ सम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, एभरेस्ट कलर कम्पनीले बैशाख १६ गते आईपीओ निष्कासन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीको ७९ लाख रुपैयाँको ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। एभरेस्टले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुने प्रतिकित्ता १०० रुपैयाँका दरले ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन वैशाख २२ सम्म दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

सेबोन अध्यक्षका लागि दरखास्त आह्वान
सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदका लागि वैशाख १५ गते दरखास्त आह्वान गरेको छ। बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएपछि उक्त पद खाली भएको थियो।

बोर्डको अध्यक्ष नियुक्ति गर्न सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक सदस्यहरूमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दहाल भएको समिति बनाएको छ। उक्त पदका लागि ७ दिनको समय दिएर आवेदन आह्वान गरिएको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा वैशाख २१ सम्म आवेदन दिन सकिने जनाइएको छ।

किन घटिरहेछ सेयर बजार ?

सेयर बजारका लागि आवश्यक र अनुकूल नीति बनिसकेका छन्। बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून रहेको अवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टीको लगभग दुईतिहाइको स्थिर सरकार बनेको छ। सर्किट ब्रेकरको प्रावधान बढेर १५ प्रतिशत पुगेको छ। कम्पनीहरूको प्रकाशित त्रैमासिक विवरणले सेयर घट्नुपर्ने अवस्था देखाउँदैन। सबै अनुकूल वातावरण भए पनि सेयर बजार भने दिनानुदिन घट्दो क्रममा रहेको छ।

सेयर बजार विज्ञ नारायणप्रसाद तिम्सिनाका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ वृद्धिले मन्दीको असर नेपाली सेयर बजारसम्म परेको छ। ‘ठूला लगानीकर्ताहरू र संस्थाहरू छानबिनको घेरामा पर्दा त्रास उत्पन्न भएको छ। लामो समयदेखि जग्गाको कारोबारमा आएको शिथिलताले सेयरको माग बढ्न सकेको छैन,’ उनले भने, ‘सेयर खरिदमा २५ प्रतिशत एड्भान्स अनिवार्य हुनुपर्ने नेप्सेको कडा निर्देशनले गर्दा माग बढ्न सक्ने अवस्था रहेन। २०६३ सालदेखिका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारकोे निर्णयले भय सिर्जना गरेको छ।’ यस्तो अवस्थामा उकालो यात्राको सेयर बजार देख्न केही समय लाग्न सक्ने विज्ञ तिम्सिनाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.