हावाहुरीले विद्यालय र निजी घरहरूमा क्षति

हावाहुरीले विद्यालय र निजी घरहरूमा क्षति
सुन्नुहोस्

डडेलधुरा : आइतबार दिउँसो परेको पानीसँगै आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। तीव्र गतिमा आएको हावाहुरीका कारण शैक्षिक संस्था, सरकारी कार्यालय तथा सर्वसाधारणका घरहरूमा नोक्सानी भएको हो।

हावाहुरीले जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र माध्यमिक विद्यालय, गन्यमापधुरा गाउँपालिका-५ मा रहेको भुवनेश्वरी मावि जैसेरामा क्षति पुर्‍याएको छ। महेन्द्र माध्यमिक विद्यालयको प्रधानाध्यापक कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ भने स्टाफ कक्षमा समेत क्षति पुगेको छ।

साथै, सीसीटीभी, कम्प्युटर, फर्निचर र प्रिन्टरलगायत सामग्रीमा पनि नोक्सानी भएको छ। भुवनेश्वरी मावि जैसेराको विद्यालय छानो उडाउनका साथै भवनमा क्षति पुर्‍याएको छ। आज दिउँसो आएको तीव्र गतिका हावापानीले विद्यालयको हल र छात्रा शौचालय पूर्ण रूपमा क्षतिग्रस्त भएको स्थानीयले जनाएको छ।

त्यस्तै, अमरगढी नगरपालिका–३ स्थित वडा कार्यालयको छाना उडाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। हावाहुरीकै कारण अमरगढी नगरपालिका–५ खलंगाका गंगा पालपालीको घरको छाना उड्नुका साथै विद्युत् मिटर बक्समा समेत क्षति पुगेको छ।

हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा अन्य घरहरूको छाना उड्नुका साथै विद्युत् पोलहरू ढलेका छन्, जसले गर्दा केही स्थानमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ। स्थानीय प्रशासनले क्षतिको विवरण संकलन तथा राहत व्यवस्थापनको काम अघि बढाएको जनाएको छ।

ग्रामीण क्षेत्रमा विद्युत् लाइन अवरुद्ध भएको छ। अन्यत्र भएको क्षतिको विवरण आउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.