काठमाडौं : सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश पुन: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
आइतबार राष्ट्रपति पौडेलले पुनरविचारका लागि भन्दै उक्त अध्यादेश सरकारलाई नै फिर्ता पठाएका थिए। कुनै परिमार्जन नगरी पुन:राष्ट्रपतिकहाँ पठाइएको प्रवक्ता पोखरेलले बताए।
प्रतिक्रिया दिनुहोस !
४