प्रतिनिधिसभा सदस्य आरेन राईको व्यवहारप्रति नागरिकको चर्को आलोचना

प्रतिनिधिसभा सदस्य आरेन राईको व्यवहारप्रति नागरिकको चर्को आलोचना
सुन्नुहोस्

सुनसरी : खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई यतिबेला विवादमा तानिएका छन् । सोमबार दिउँसो काभ्रेको रोशी खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएपछि ड्युटीमा खटिएका प्रहरीसँग भएको भनिएको आक्रोशपूर्ण व्यवहारका कारण उनको चौतर्फी आलोचना भइरहेको छ ।

घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरूसँग राईले असहज र आक्रामक शैलीमा प्रस्तुत भएको भिडियो तथा विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सर्वसाधारणले उनको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । विशेषगरी खोटाङका नागरिकहरूले एक जिम्मेवार जनप्रतिनिधिबाट अपेक्षित संयम र परिपक्वता नदेखिएको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दिलिप खत्रीले जनप्रतिनिधिले सार्वजनिकस्थलमा संयमित र जिम्मेवार व्यवहार देखाउनुपर्ने उल्लेख गर्दै राईको उक्त व्यवहार उपयुक्त नभएको बताए । ‘ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रोश देखाउनु जनप्रतिनिधिको आचरणसँग मेल खाँदैन,’ उनले भने ।

यता, श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले भने राईको बचाउ गरेका छन् । रोशी खोला घटनाको वास्तविकता बाहिर आए जस्तो नभई बढाइचढाइ गरेर प्रस्तुत गरिएको श्रम संस्कृति पार्टी खोटाङकी उपाध्यक्ष संगीता किराँती राईले बताएकी छिन् । उक्त आरोपबारे प्रतिक्रिया दिँदै सांसद राईले आफू दिक्तेलबाट काठमाडौं जाने क्रममा प्रहरीले असहज व्यवहार गरेपछि सामान्य सम्झाइबुझाइ गरेको बताएका छन् । ‘मैले कसैलाई दुव्र्यवहार गरेको होइन, परिस्थिति स्पष्ट पार्ने प्रयास मात्र गरेको हुँ,’ उनले भने ।

सामाजिक सञ्जालमा भने यस विषयले व्यापक चर्चा पाएको छ । कतिपयले राईको आलोचना गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले अझ जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् भने केहीले घटनालाई अतिरञ्जित गरिएको दाबी गरेका छन् । उक्त घटनाले जनप्रतिनिधिको आचरण, सुरक्षाकर्मीप्रतिको व्यवहार तथा संकटका बेला समन्वयको भूमिकाबारे पुनः बहस सुरु गराएको छ ।

रोशी खोला जस्तो संवेदनशील स्थानमा देखिएको समस्यामा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधानतर्फ पहल गर्नु जनप्रतिनिधिको दायित्व हुने भन्दै नागरिकस्तरबाट समेत प्रश्न उठिरहेका छन् । सार्वजनिक पदमा रहेका व्यक्तिको व्यवहारले जनविश्वासमा प्रत्यक्ष असर पार्ने भएकाले संयमता, परिपक्वता र जिम्मेवारीबोध अझ आवश्यक हुने खोटाङवासीको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.