स्कटल्यान्डलाई हराउँदै नेपाल ‘ए’ को जित

स्कटल्यान्डलाई हराउँदै नेपाल ‘ए’ को जित
सुन्नुहोस्

काठमाडाै‌‌ :  स्कटल्यान्डलाई हराउँदै नेपाल ‘ए’ ले जित दर्ता गरेको छ । माथिल्लो मूलपानी मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

नेपाल ‘ए’ ले दिएको २७८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रन बनाउँदै अलआउट भएको हो । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले उनले ७३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । मार्क वाटले ३७ रन बनाए । 

यी दुई ओपनरले पहिलो विकेटको लागि ८७ रनको साझेदारी बनाएका थिए । ब्रान्डन म्याकमुलेनले २१, म्याथयू क्रसले २२ र ओलिभर डेविसनले १७ रन बनाए । ओलिभरले आठौं विकेटको लागि ज्याक जार्भिससँग ५१ रनको साझेदारी बनाए । ज्याकले व्याक्तिगत ४५ रन बनाए । ज्यासपर डेविसन १४ रनमा अविजित रहे ।

नेपालको लागि बलिङतर्फ रासिद खानले सर्वाधिक ३ विकेट लिए । साहब आलम, युवराज खत्री र वसिर अहमद ले समान २–२ विकेट लिए । कुशल मल्लले १–१ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रन बनाए । उनले ६५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ओपनरद्वय मयन यादव र अनिल शाहले क्रमशः ४५ र १८ रन बनाए ।

सन्दीप जोराले ३४, वसिर अहमदले १७, पवन सर्राफले ३१ रन बनाए, रासिद खान १४ र दिपकप्रसाद डुम्रे २३ रनमा अविजित रहे । स्कटल्यान्डका लागि ब्राड्ले जेम्स करी र साफ्यान सरिफले २–२ विकेट लिए । ज्याक जारभिस, ओलिभर डेभिसन र मार्क वाटले १–१ विकेट लिए । नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेल शुक्रबार अमेरिकासँग खेल्ने छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.