दमको चुनौती

दमको चुनौती
सुन्नुहोस्

दम (आस्थमा) विश्वव्यापी रूपमा एक महŒवपूर्ण जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको छ। विश्वभर करिब २६ देखि ३० करोड मानिसहरू दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ। जसले बालबालिका, किशोरकिशोरी, वयस्क तथा वृद्धसहित  सबै उमेरसमूहका मानिसलाई प्रभावित गर्दछ। 

नेपालको सन्दर्भमा, उपलब्ध अध्ययन तथा तथ्यांकका आधारमा करिब ६–८ प्रतिशत जनसंख्या दमबाट प्रभावित देखिन्छ। तीव्र शहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमीय तथा जलवायु परिवर्तनका प्रभावका कारण दमको जोखिम निरन्तर बढ्दो क्रममा रहेको छ।

दमले केवल श्वासप्रश्वास प्रणालीमा मात्र नभई व्यक्तिको सम्पूर्ण जीवनशैलीमा गहिरो असर पार्दछ। यसका कारण विद्यालय तथा कार्यस्थलमा अनुपस्थिति बढ्ने,  शारीरिक गतिविधिहरूमा सीमितता आउने, निद्रामा समस्या हुने र निरन्तर थकान महसुस हुने जस्ता समस्या देखा पर्छन्। साथै, दमले मानसिक स्वास्थ्यमा पनि असर पार्दै तनाव, डर र चिन्ता बढाउन सक्छ, जसले समग्र जीवनको गुणस्तर घटाउँछ। विशेषगरी बच्चाहरूमा दमले उनीहरूको शारीरिक विकास, शैक्षिक उपलब्धि तथा सामाजिक गतिविधिमा प्रत्यक्ष रूपमा बाधा पुर्‍याउने हुँदा अझ गम्भीर समस्याको रूपमा रहेको छ। तथापि, दम अझै पनि कम पहिचान हुने भएकाले धेरै बिरामीहरूले पर्याप्त उपचार नपाउने चुनौती विद्यमान छ।

स्वास्थ्य संस्थाहरूमा दम उपचारका आधारभूत सामग्रीहरू, विशेषगरी  इनहेल्ड कोर्टिकोस्टेरोइडयुक्त (एन्टी–इन्फलामेटरी) इनहेलरहरूको उपलब्धता कम हुनु वा मूल्य अत्यधिक महँगो हुनुका कारण विश्वभर हुने दमसम्बन्धी करिब ९६ प्रतिशत मृत्यु हाम्राजस्तो निम्न तथा मध्यम आय भएका देशहरूमा हुने गरेको पाइन्छ। उच्च आय भएका देशहरूमा समेत औषधिको उच्च लागतका कारण धेरै दमका बिरामीहरूले आवश्यक इनहेलरमा पूर्ण पहुँच पाउन सकिरहेका छैनन्, जसले गर्दा दम राम्रोसँग नियन्त्रणमा नआउने र रोकथाम योग्य मृत्युहरू समेत हुने अवस्था सिर्जना भइरहेको छ।

दम (आस्थमा) को प्रभावकारी पहिचान र व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरूमा आवश्यक ज्ञान र सीप हुनु अत्यन्तै महत्वपूर्ण छ। धेरै अवस्थामा दमको अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूसँग लक्षण मिल्न जानाले गलत रूपमा निदान हुने गरेको पाइन्छ। जसले गर्दा सही उपचार नहुन सक्छ। साथै इनहेलरको सट्टा मुखमार्फत वा सुईमार्फत दिने औषधिमा बढी निर्भर हुने प्रवृत्ति अझै देखिन्छ, जुन सधैं प्रभावकारी हुँदैन। त्यसैले, उपचारमा ढिलाइ तथा आवश्यक औषधिको अभावका कारण जटिलता बढ्ने जोखिम रहन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.