खेलकुद मन्त्रालयको राखेपलाई आदेश : छानबिन गरी आवश्यक परे क्यानलाई कारबाही गर्नू

खेलकुद मन्त्रालयको राखेपलाई आदेश : छानबिन गरी आवश्यक परे क्यानलाई कारबाही गर्नू
सुन्नुहोस्

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले अख्तियारमा दर्ता भएको मुद्दा उपर नेपाल क्रिकेट संघ (क्यान) ले छानबिनमा आवश्यक जवाफ नपठाएको भन्दै कारबाही गर्न राखेपलाई पत्र पठाएको छ । 

युवा तथा खेलकुद मन्त्रालयले पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को विषयमा २०८१ मंसिर १६ गते अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दाको विषयमा यो पत्र राखेप पठाएको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्यानलाई बारम्बार पहिलो सिजनको एनपीएललाई लिएर अख्तियारमा परेको मुद्दाको कागजातसहितको स्पष्टिकरण माग्दै आएको थियो । 

क्यानले कागजात र स्पष्टिकरण नबुझाउँदा खेलकुद विकास ऐन २०७७ को दफा २९ बमोजिम कारबाही गर्न र निलम्बन गर्नेसम्मको कारबाही गर्नुपर्ने देखिएकाले आयोगको पत्र बमोजिमको जवाफ र आवश्यक कागजात पनि प्राप्त नभएको भन्दै पत्रमा उल्लेख गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जगदिश पराजुलीले यस विषयमा अन्नपूर्ण पोष्टलाई जानकारी दिएका हुन् ।

उनले भने, ‘पहिलो सिजनको एनपीएलको विषयमा अख्तियारमा परेको उजुरीमा क्यानले पठाउनु पर्ने कागजात पठाएन । यसमा राखेपले बारम्बार पत्र पठाउँदा पनि क्यानले छानबिनमा आवश्यक कागजात नपठाउँदा हामीले राखेपलाई पत्र पठाएका हौं ।’ पत्र बैशाख २३ गते राखेपमा दर्ता भएको हो । यस विषयमा मन्त्रिस्तरीय निर्णय भइसकेकाले आवश्यक कारबाही गर्न मन्त्रालयले राखेपलाई निर्देशन दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.