इजरायली आक्रमणमा परी लेबनानमा ५१ जनाको मृत्यु
काठमाडौं : लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले गरेका विभिन्न आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ। मारिनेहरूमध्ये उद्धार कार्यमा खटिएका स्वास्थ्यकर्मीहरू पनि रहेका छन्।
इजरायली सेनाले दक्षिण लेबनानको बिन्ट जबेल जिल्लाका 'कलाउइया' र 'तिबनिन' मा रहेका स्वास्थ्य केन्द्रहरूमा प्रत्यक्ष रूपमा हवाई आक्रमण गरेको मन्त्रालयले जनाएको छ।
अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू भएको तेस्रो हप्ता चल्दै गर्दा पनि इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्दै आक्रमण जारी राखेको लेबनानी पक्षको दाबी छ।
संयुक्त राष्ट्र संघका अनुसार मार्च २०२६ यता इजरायली आक्रमणमा परी लेबनानमा १०३ भन्दा बढी स्वास्थ्यकर्मी मारिइसकेका छन् र २३० भन्दा बढी घाइते भएका छन्। १३० भन्दा बढी पटक स्वास्थ्य सेवाका क्षेत्रमा आक्रमण भएको छ।मार्च २ मा इजरायली सैन्य अपरेशन सुरु भएयता लेबनानभरि मारिनेको संख्या २,८४६ पुगेको छ।
लेबनानमा इजरायली आक्रमणको शृङ्खला थप घातक बन्दै गएको छ। पछिल्लो २४ घण्टामा भएका आक्रमणमा ५१ जनाको मृत्यु भएको छ, जसमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरू समेत परेका छन्।
दक्षिण लेबनानमा इजरायली सेनाले आफ्नो आक्रमण तीव्र पारेको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली लडाकु विमानहरूले बिन्ट जबेल जिल्लाका दुईवटा स्वास्थ्य केन्द्रहरूलाई प्रत्यक्ष निशाना बनाएका छन्। ती केन्द्रहरूमा प्यारामेडिक्स हरू घाइतेहरूको उपचारमा व्यस्त रहेकै बेला बमबारी गरिएको थियो।
मार्च महिनामा इजरायली सैन्य अभियान सुरु भएयता अहिलेसम्म १०३ जना भन्दा बढी लेबनानी स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन्। लेबनानी सिभिल डिफेन्सका प्रमुख अली सफिउद्दीनले अल जजीरासँग कुरा गर्दै भने, 'हामी हरेक सेकेन्ड र हरेक दिन खतरामा छौँ। हामीलाई थाहा छ कि यहाँ काम गर्दा हामीले आफ्नो जीवन दाउमा राखेका छौँ।'
यद्यपि अमेरिकाले मध्यस्थता गरेको युद्धविराम घोषणा भएको तीन हप्ता भइसकेको छ, तर जमिनमा भने हिंसा रोकिएको छैन। संयुक्त राष्ट्र संघले स्वास्थ्यकर्मी र अस्पतालहरूमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भएको भन्दै चिन्ता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !