मन्त्रिपरिषद बैठकबाट पारित भयो नीति तथा कार्यक्रम, ४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं : मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई हुने सम्बोधन स्वीकृत गरेको प्रवक्ता पोखरेलले बताए।
बजेट अधिवेशनको पहिलो दिन (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल हुने र निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रम पारित भएपछि प्रि–बजेट (बजेटपूर्वको छलफल) सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस !
४