राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गरिने
काठमाडौं : सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
उनले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने घोषणा गरे।
प्रतिक्रिया दिनुहोस !