नौ जना फरार प्रतिवादी पक्राउ

नौ जना फरार प्रतिवादी पक्राउ
फाइल फोटो
सुन्नुहोस्

सुनसरी : सुनसरी प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सुनसरीको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ९ जना फरार कसूरदारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले बताए । पक्राउ पर्नेहरूमा बिगो तथा चेक अनादर मुद्दामा दोषी ठहर भएका सुनसरी इनरुवा नगरपालिका–४ का चन्दनकुमार यादव रहेका छन् । उनीमाथि ७३० दिन कैद सजाय तथा १७ लाख रुपैयाँ जरिवाना रहेको प्रहरीले एसपी थेबेले बताए ।

त्यस्तै सवारी ज्यान मुद्दामा हरिनगर गाउँपालिका–६ का अख्तर मन्सुरीलाई पक्राउ गरिएको छ । उनीमाथि ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । अभद्र व्यवहार मुद्दामा इटहरी उपमहानगरपालिका–११ का दिपशन राई, तथा कुटपिट मुद्दामा दुहवी नगरपालिका–९ का अकाल मिया, सगिरा खातुन र अलताब मियालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट क्रमशः १० हजार रुपैयाँ धरौटी र जनही ५-५ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको एसपी थेबेले बताए ।

चालु मुद्दाअन्तर्गत ज्यान जाँच कसुरमा इटहरी उपमहानगरपालिका–१५ का बिजय ठाकुर तथा बैंकिङ कसुर मुद्दामा इटहरी–४ का घनश्याम शिवाकोटीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा विशेष अभियान जारी राख्ने एसपी थेबेले बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.