प्रतिनिधिसभा बैठक

राष्ट्रपति र संसदीय मर्यादाको अपमान गरेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

राष्ट्रपति र संसदीय मर्यादाको अपमान गरेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : संघीय संसदनअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै विपक्षी दलहरूले अवरोध गरे। सभामुख डोलप्रसाद अर्यालले बैठकको कामकारवाही अघि बढाउँदै गर्दा विपक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर अवरोध गरेका हुन्।

त्यसपछि सभामुख अर्यालले  नेपाली कांग्रेस सांसद बासना थापालाई बोल्नका लागि समय दिए।  थापाले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री वालेन्द्र शाह सदनबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाइन्। उनले उक्त घटना लोकतान्त्रिक संसदीय अभ्यास,संवैधानिक संस्कार र संसदीय परम्पराविपरीत भएको टिप्पणी गरिन्।

'लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन,'उनले भनिन्।

थापाले यस विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरिन्। 'यो संवैधानिक संस्कार,संसदीय परम्परा र सरकारको गम्भीरताको विषय हो। सरकारले यसबारे स्पष्ट जवाफ दिओस्, संवैधानिक पदको सम्मान गरियोस् र भविष्यमा यस्ता घटना पुनः नदोहोरिऊन्,'उनले भनिन्।

उनले लोकतन्त्रमा पदभन्दा मर्यादा र मर्यादाभन्दा जनविश्वास ठूलो हुने उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीको जवाफ माग गरिन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बीचमै सदनबाट बाहिरिएका थिए। कार्यक्रम नसकिदै प्रधानमन्त्री बाहिरिएपछि त्यसको चर्को आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.