नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग

नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम खारेज गर्दै पुनर्लेखन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको नीति तथा कार्यक्रम रास्वपाको वाचापत्रको नवीन संस्करण र निरन्तरता भएको भन्दै पुनर्लेखन गर्न माग गरेका हुन् ।

उनले राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरु देशद्रोही भएको टिप्पणी गर्दै उनीहरुप्रति नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा मौन रहेको उल्लेख गरे । नेपाली सेनाप्रति पनि गम्भीर प्रश्न उठाउँदै थापाले लिपुलेकमा अतिक्रमण हुँदा सेनाले सुकुमवासी बस्तीहरूमा परेड खेलेको बताए । सुशासन, सुसंस्कार र संस्कृतिको नमूना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सभामुख लाचार र नतमस्तक भएको उनको भनाइ छ ।

थापाले रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल नभइ आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड भएको टिप्पणी गरे । निर्वाचनमा रास्वपाले पाएको सफलता योगदान, बलिदानका कारण नभइ दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र अदृश्य प्रभावहरूको कुल परिणाम भएको उनले तर्क गरे । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.