सनराइजर्स हैदराबादलाई फराकिलो अन्तरले पराजित गर्दै गुजरात टाइटन्स शीर्ष स्थानमा

सनराइजर्स हैदराबादलाई फराकिलो अन्तरले पराजित गर्दै गुजरात टाइटन्स शीर्ष स्थानमा
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ८२ रनले पराजित गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

गुजरातले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको सनराइजर्स हैदराबाद ८६ रनमै कोल्याप्स भयो। १४.५ ओभरमा सनराइजर्स हैदराबाद अलआउट भएको हो।

सनराइजर्स हैदराबादका लागि कप्तान प्याट कमिन्सले बनाएको १९ र १९ सर्वाधिक रह्यो । त्यसबाहेक इशान किसनले ११, हेनरिच क्लासेनले १४ र सलिल अरोराले १६ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। फलस्वरूप सनराइजर्स हैदराबाद सस्तैमा समेटियो। 

सनराइजर्स हैदराबादलाई सस्तैमा समेट्न गुजरात टाइटन्सका बलर द्वय कागिसो राबाडा र जेसन होल्डरले समान ३-३ विकेट लिए। प्रसिद्ध कृष्णले २ विकेट लिँदा मोहम्मद सिराज र रासिद खानले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि ओपनर ब्याटर साइ  सुदर्शनले सर्वाधिक ६१ रनको पारी खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। निशान्त सिन्धुले २२ र वासिङ्टन सुन्दरले ५० रन बनाए। जेसन होल्डर ११ रनमा अविजित रहे।

सनराइजर्स हैदराबादका लागि बलिङतर्फ प्रफुल्ल हिन्ज र सकिब हुसेनले २/२ विकेटले कप्तान प्याट  कमिन्सले एक विकेट लिए। सनराइजर्स हैदराबादमाथि फराकिलो जित निकालेपछि गुजरात टाइटन्सले १२ खेलमा ८ जित र ४हारसहित १६ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको हो। गुजरातसँगको हारपछि समान १२ खेल खेलेको सनराइजर्स हैदराबाद भने सात जीत र पाँच हारसहित १४ अङ्क बटुल्दै तेस्रो स्थानमा रहेको छ। 

बुधबार आइपीएलमा एक खेल रहेको छ । जसमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.