चिया निर्यातमा भारतीय अवरोध हल गरियोस् : सुहाङ नेम्वाङ
काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निकासीमा देखिएको भारतीय अवरोध हल गर्न सरकारसँग माग गरेका छन् । उनले भारतीय ‘टी बोर्ड’ को नीतिका कारण अहिले पूर्वका जिल्ला विशेष गरी इलाममा उत्पादन हुने चिया निकासी ठप्प जस्तो भएको सरकारलाई जानकारी गराउँदै भारत सरकारसँग छलफल र आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले आजको प्रतिनिधिसभा वैठकमा बोल्दै इलामको चियाको इतिहास इतिहास १६३ वर्षको रहेको जानकारी गराए । उनले चिया निकासी रोकिँदा १५ हजार किसान र ६० हजार मजदुर मारमा परेको जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस !