प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त
काठमाडौं : प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका हुन्।
सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई प्रतिनिधिसभा सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
यसअघि सभामुखको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका थिए। राई पदमुक्त भएपछि सचिवमा अधिकारी नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस !