उघ्रियो सगरमाथाको ढोका शिखर चुम्न लालायित आरोही
ओखलढुंगा : हिउँको सेतो कफनभित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो, सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ, तब विश्वभरका साहसीका आँखा यही शिखरमा ठोकिन्छन्।
बुधबार बिहान १०:२५ बजे डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको ‘बाटो’ पूर्णरूपमा खुलेको छ। यो खबरले संसारभरबाट सगरमाथाको फेदीमा टेन्टभित्र बसेका उत्साही आरोहीहरू रोमाञ्चित बनेका छन्।
यससँगै आधार शिविरदेखि माथिल्लो क्याम्पहरूमा प्रतीक्षारत सयौं आरोहीका लागि विश्वको सर्वोच्च शिखर चुम्ने औपचारिक ढोका उघ्रिएको छ। सगरमाथामाथिको विजययात्राको प्रतीक्षा उनीहरूका लागि अब समाप्त भएको छ।
पर्यटन विभागका अनुसार, २०८३ वैशाख ३० गते (१३ मे २०२६) बुधबार बिहान दक्ष शेर्पाहरूको टोलीले शिखरमा डोरी फिक्सिङ सम्पन्न गरेपछि अबको केही दिन हिमालमा मानवीय साहसको लर्को देखिने निश्चित छ।
पर्वतारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषि भण्डारीले प्रतिकूल मौसम र खुम्बु आइसफलको चुनौतीपूर्ण अवरोधलाई चिर्दै ३७औं दिनमा मार्ग प्रशस्त भएको जानकारी दिए। भण्डारीका अनुसार हिमालमध्ये संसारको आँखा गएको हिमाल नै सगरमाथा भएकाले आरोहणका लागि जोखिम भएर पनि सगरमाथा नै रोजाइमा पर्ने गरेको छ। वसन्त सिजनमा आरोहणका लागि सबैभन्दा बढी चर्चा हुने हिमाल नै सगरमाथा हो।
रोप फिक्सिङबाट जसले चुमे सगरमाथाको शिखर
यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि बाटो बनाउने चुनौतीपूर्ण जिम्मेवारी पाएको ‘रोप फिक्सिङ’ टोलीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको छ। पर्यटन विभागका अनुसार २०८३ वैशाख ३० गते बुधबार बिहान ११ जना साहसी दक्ष पथप्रदर्शकहरूले यस सिजनको पहिलो आरोहणको कीर्तिमान आफ्नो नाममा राखेका छन्। पर्यटन विभागको आधिकारिक विवरणअनुसार क्याम्प–२ देखि चुचुरोसम्म डोरी टाँगेर मार्ग प्रशस्त गर्ने गर्दै शिखर पुगेका ११ जना छन्। विभागले उनीहरूप्रति आधार व्यक्त गरेको छ। विभागका अनुसार मिङ्मा दोर्जी शेर्पा, पासाङ टाँसी शेर्पा, लोप्साङ भोटे, मिङ्मा नुर्बु शेर्पा र छोम्बा तेन्जी शेर्पा छन्।
त्यस्तै गुरु भोटे, पेम दोर्जी शेर्पा, मिङ्मा तेन्जे शेर्पा, मिङ्तेम्बा शेर्पा, डेन्डी शेर्पा र पासाङ नुर्बु शेर्पाले एकसाथ बाटो खुलाउँदै शिखर चुमेका हुन्। यसैगरी, आधार शिविरदेखि क्याम्प–२ सम्मको कठिन मार्ग ‘खुम्बु आइसफल’ बनाउने कार्यमा ८ जना ‘आइसफल डाक्टर’ हरूको महत्वपूर्ण भूमिका रहेको थियो। जसमा आङ्सार्की शेर्पा, दावा जाङ्बु शेर्पा, तेन्दु शेर्पा, ङिमा तेन्जी शेर्पा, फुरा छेतेन शेर्पा, दावा छिर्बी शेर्पा, सोनाम गेलजेन शेर्पा र मिङ्मा ग्याल्जेन शेर्पा छन्।
आर्थिक आधार र आरोहणको आकर्षण
नेपालका लागि सगरमाथा केवल गौरव मात्र होइन, यो अर्थतन्त्रको बलियो खम्बा पनि हो। सरकारले सन् २०२५ देखि रोयल्टी शुल्क १५ हजार डलर पुर्याएको र हवाई भाडा बढे पनि आरोहणको तिर्खा भने मेटिएको छैन। ४५ हजार डलरसम्मको महँगो प्याकेज भए पनि यस वर्ष ४ सय ९२ सम्म विदेशी आरोहीहरूले अनुमति लिएका छन्।
पर्वतारोहण सञ्चालक संघ, नेपालका महासचिव ऋषि भण्डारीका अनुसार प्रतिकूल मौसम र खुम्बु आइसफलको ढिलाइका बाबजुद ३७औं दिनमा मार्ग पूर्णरूपमा खोल्न सफल भएपछि सगरमाथाका क्याम्पहरूमा उत्साह छाएको छ। ‘यो सफलताले आधार शिविरमा प्रतीक्षारत सयौं आरोहीहरूका लागि विजयको मार्ग प्रशस्त गरेको छ’, भण्डारीले भने।
जोखिम र मृत्युका खबरहरूका बीच आरोहीहरूमा देखिएको सगरमाथाप्रतिको अनौठो प्रेममा कुनै कमी आएको छैन। पर्यटन विभागका अनुसार यो सिजनका कुनै पनि आरोहण रद्द भएका छैनन्। चिनियाँ र रूसी आरोहीहरूको संख्या बढ्दो छ भने इरान–इजरायल द्वन्द्वका कारण ती क्षेत्रका आरोही
घटेका छन्।
साहसको उत्सव र ‘समिट विन्डो’को प्रतीक्षा
सगरमाथाको दक्षिण मार्ग (नेपालतर्फ) बाट डोरी टाँग्ने कार्य सम्पन्न हुनु पर्वतारोहणको संसारमा एउटा ठूलो उत्सव हो। यस वर्ष मिङ्तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पालगायतको टोलीले प्रतिकूल मौसम र खुम्बु आइसफलको चुनौतीपूर्ण अवरोधलाई चिर्दै ३७औं दिनमा शिखरको मार्ग प्रशस्त गरेको हो। यसले आरोहीमा शिखर चुम्ने अरू हुटहुटी बढाएको छ।
पर्यटन व्यवासायी तथा अनुभवी हिमाल आरोही आङ्बाबु शेर्पाका अनुसार अब अनुकूल मौसमको प्रतीक्षा सुरु भएको छ। ‘बाटो खुलेको खबरले आधार शिविरमा रहेका आरोहीहरूमा निकै उत्साह थपिएको छ’, शेर्पाले भने, ‘पहिलो चरणको आरोहण (समिट विन्डो) मे १४ देखि २० सम्म हुने देखिएको छ भने दोस्रो चरण मे २१ बाट सुरु हुने संभावना छ।’ मौसमी झ्यालले साथ दिएमा आगामी केही दिन हिमालमा मानवीय साहसको लर्को देखिनेछ।
हिमालमा मानवको गतिविधि संसारभर हरेक वर्ष नेपालका हिमालयमा देखिने छ। शिखर पुग्न नसक्नेहरू बेसक्याम्पस पुगेर मनोरञ्जन लिने गरेको हिमाल आरोही शेर्पाले बताए।
हिमालको शिखरमा मृत्युको छाया
हिमालको सुन्दरता जति मोहक छ, यसको गर्भमा लुकेको मृत्युको छाया उस्तै भयावह छ। यस सिजनमा बाटो खुल्नु अगावै ५ जनाको मृत्यु भइसकेको छ। विशेषगरी, सगरमाथा चुम्ने नेपालका पहिलो दलित आरोही ३५ वर्षीय विजय घिमिरे विश्वकर्माको खुम्बु आइसफलमा भएको निधन र ‘हिमचितुवा’ आङ रिता शेर्पाका नाति २० वर्षीय फुरा ग्यालजेन शेर्पाको लोत्से फेसमा भएको दुर्घटनाले हिमालको कठोरतालाई पुष्टि गर्छ। हिमालमा विजयका रोमाञ्चक इतिहास मात्र नभएर जीवनको दुर्दान्त अवसान पनि सँगै जोडिएको ओखलढुंगा क्याम्पस ओखलढुंगाको जनसंख्या विषयका सहायक प्राध्यापक चोपलाल धमलाले बताए। जीवनको इतिहास रच्नु रोचक पक्ष भए पनि जीवनको समाप्ती अत्यन्तै दुःखद भएको उनको भनाइ छ।
हिमालमा पाइला टेक्नेहरूलाई थाहा हुन्छ कि यहाँ हरेक पाइला अन्तिम हुन सक्छ। गाइडहरूका अनुसार आगामी दिनमा लाग्ने ‘ट्राफिक जाम’ र मे १३ मा सगरमाथामाथि फर्किने ‘जेट स्ट्रिम’ हावाले अझ खतरा बढाउने जोखिम पनि उत्तिकै छ। साहसको यो खेलमा पोल्यान्डका बार्टोज जिम्स्कीले अक्सिजन बिना लोत्से आरोहण गरी स्की गर्दै झरेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
संसद्मा सांसदले उठाउने प्रश्न र सरकारले दिने जवाफ जनताप्रति समर्पित हुन्छन्। त्यसैको जगमा संसद्को गरिमा, आस्था र विश्वास अडेको हुन्छ। तर, त्यही संसद्को झन्डै दुईतिहाइ सांसदको विश्वासको मतमा प्रधानमन्त्री बनेका शाहले भने संसद् र जनताप्रति उत्तरदायी र जवाफदेही बन्नुभन्दा संसद्लाई छलेर अघि बढ्न खोजेको देखिन्छ। किनभने, बोलाइसकेको बजेट अधिवेशन एकाएक स्थगित गरेर अध्यादेशहरू जारी गर्नु, राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला संसद्बाट बाहिरिनु र नीति तथा कार्यक्रममाथिको बहसप्रतिको उनको अरुचीले पनि प्रधानमन्त्री शाह संसद्बाट भाग्न खोजेको स्पष्ट हुन्छ।
तर, संसदीय प्रणाली र लोकतन्त्रमा संसद्को गरिमा र प्रतिष्ठालाई कुल्चने, जनताका प्रश्नसँग पन्छिने र संस्थाको मर्यादालाई ख्याल नगर्ने कुरा कदापी स्वीकार्य हुन सक्दैन। कुनै पनि संस्था गठन हुनु मात्र ठूलो कुरा होइन, उक्त संस्थालाई मान्ने, त्यसको मर्यादा राख्ने र त्यसप्रति उत्तरदायी हुने कुरा महत्वपूर्ण हुन्छ।
वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिले सम्बोधन गर्ने भए पनि त्यो सरकारकै कार्यक्रम हो। जुन बेला नीति तथा कार्यक्रमका पक्षमा संसद्को बहुमत गुम्ने र ‘फेल’ हुने अवस्था सिर्जना हुन्छ, प्रधानमन्त्रीले नैतिक रूपमा पद छोड्नुपर्छ। त्यसैकारण पनि नीति तथा कार्यक्रममाथिको बहसमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता खोजिन्छ। भलै, हालका प्रधानमन्त्री शाह सुविधाजनक बहुमतमा छन्, तर त्यसको अर्थ आफूलाई वैधता र जन्म दिने संस्थालाई बेवास्ता गर्ने भन्ने कदापी होइन।
संसदीय प्रणाली केही नियम र केही पुराना मान्यतामा बाँधिएको हुन्छ। अर्थात्, मान्यता र परम्परा पनि नियम जत्तिकै महत्वपूर्ण हुन्छन्। जस्तो कि, प्रमुख विपक्षी दलको नेता बोल्ने दिन प्रधानमन्त्री संसद्मा उपस्थित हुने र प्रधानमन्त्रीको सम्बोधनका दिन विपक्षी दलका नेता उपस्थित हुने,’ यो कतै लिखित व्यवस्था त होइन, तर हाम्रो संसदीय अभ्यास र परम्परा हो। त्यसको अर्थ हो, संसद्को नेता (प्रधानमन्त्री) प्रतिविपक्षी दलका नेताले सम्मान र आदर प्रकट गर्नू। त्यस्तै विपक्षी नेता (वेटिङ प्रधानमन्त्री) प्रतिसरकारको सम्मान जनाउने चलन छ।
यदाकदाबाहेक यो अभ्यास र परम्पराले संसद्मा निरन्तरता पाइरहेको छ। त्यस्तै अर्को परम्परा छ– पूर्वप्रधानमन्त्रीका लागि बोल्ने समयसीमा नतोकिनु। यी मान्यता र परम्परा कसैको सनक वा रातारात बनेका होइनन्। लामो संसदीय अभ्यास र परम्पराबाट तिखारिएर लागू गरिएका हुन्। जस्तो कि, संसदीय प्रणालीको जननी मानिने बेलायतको संसद् ‘हाउस अफ कमन्स’ मा सबै सांसदलाई बस्न पुग्ने गरी कुर्सीको व्यवस्था छैन।
संसद् बैठक कक्षमा पछि आइपुग्ने सांसदहरू उभिनुपर्छ, उभिएरै बोल्नुपर्छ। त्यसो भए प्रश्न उठ्न सक्ला, त्यति सम्पन्न मुलुक बेलायतले के सबै सांसद अटाउने संसद् भवन पनि बनाउन नसकेको होला र ? तर, बेलायतले भव्य र सुविधासम्पन्न संसद् भवन बनाउनेभन्दा संसदीय परम्परा र अभ्यासलाई निरन्तरता
दिइरहेको छ।
सभामुखको दायित्व
कांग्रेस, एमालेलगायत विपक्षी दलले प्रधानमन्त्री शाहको खोजी गरिरहँदा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई उपस्थित हुन ‘ह्वीप’ जारी गर्न मानेनन्। उल्टै नीति तथा कार्यक्रममाथिको बहस र जवाफका लागि प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिन सक्ने नियमतर्फ विपक्षी दलका सांसदहरूको ध्यानाकर्षण गराए। तर, विपक्षी दलले देशकै प्रधानमन्त्रीको अवस्था जान्न र बुझ्न खोज्दा सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराउनुपथ्र्यो। प्रधानमन्त्री के कारणले अनुपस्थित भएका हुन भन्नेमा संसद्मार्फत जनताले पनि जानकारी पाउनुपर्छ।
यो सत्तापक्षको निजी मामिला होइन, जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्वको विषय हो। त्यसैकारण, संसद् सत्ता र शक्तिको खेलमैदान मात्र होइन, जनताको विश्वासको थलो हो। अर्थात्, संसद्मा हुने छलफल र बहस जनताप्रति उत्तरदायी र जवाफदेही हुन्छन्। त्यसैले कुनै पनि संस्था त्यतिबेला मात्रै बलियो र मर्यादित हुन्छ, जतिबेला स्टेकहोल्डरले नै त्यसप्रति सम्मान प्रकट गर्छन् र मान्यता दिन्छन्।
संसद्को गरिमा जोगाउने दायित्व र जिम्मेवारी सभामुखमाथि हुन्छ। संसद्को गरिमा र प्रतिष्ठा जोगाउन सभामुखको भूमिका निष्पक्ष र कडाई हुनैपर्छ। त्यसो हुँदा सभामुखको निष्पक्षतामाथि प्रश्न उठ्न सक्छ। तर, यहाँनेर, भारतको उत्तर प्रदेशको विधानसभाका सभामुख सतिश महानाको भनाइ स्मरणीय छ– मनमा भए पनि सभामुख ‘वायस’ हुन्छ भनेर सोच्नुहुँदैन। किनभने, संसद्को गरिमा र मर्यादाप्रति सभामुख सचेत हुनैपर्छ।’
प्रतिक्रिया दिनुहोस !