प्रधानमन्त्रीले लोकतन्त्र होइन, बालेनतन्त्र विकास गरेको बजारमा हल्ला छ : सांसद महर
काठमाडौं : नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले लोकतन्त्र नभई बालेनतन्त्र विकास गरिरहेको हल्ला बजारमा व्यापक रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद महरले प्रधानमन्त्रीले पटक–पटक संसदको उपेक्षा गरेको आरोप लगाएका छन्।
उनले नेपालको संविधानको धारा ७४ नेपालको शासकीय स्वरुपले वहुलवादमा आधारित, वहुदलीय प्रतिष्पर्धात्मक र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा आधारित हुने भनेर व्यवस्था गरेको भए पनि अहिलेको सरकारले कुन प्रणालीको शासन व्यवस्था अवलम्बन गरिरहेको छ भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !