निजी क्षेत्रलाई नतर्साउने मुख्यमन्त्रीको आश्वासन

निजी क्षेत्रलाई नतर्साउने मुख्यमन्त्रीको आश्वासन
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन्। विराटनगरमा बिहीबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापन कार्यक्रममा उनले निजी क्षेत्रलाई डर देखाएर उद्योग–व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे। उनले निजी क्षेत्रलाई प्रदेश सरकारले कुनै पनि बहानामा नतर्साउने आश्वासन दिए। 

मुख्यमन्त्री कार्कीले पछिल्लो समय मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बनेको उल्लेख गर्दै स्थिर सरकारले आगामी पाँच वर्षसम्म जनतालाई राहतको अनुभूति गराउने विश्वास व्यक्त गरे । उनले संघीय सरकारको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै अर्थमन्त्रीले ल्याउने कार्यक्रम विगतभन्दा धेरै फरक नदेखिए पनि कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताए। प्रधानमन्त्री र अर्थमन्त्रीबीचको समन्वय तथा संसद्मा देखिएको दृश्यले भने कार्यान्वयन सहज नदेखिएको उनको भनाइ थियो। कार्यक्रममा उनले कर नतिर्ने वा कानुनी समस्या भएका विषय छुट्टै भए पनि समग्र निजी क्षेत्रलाई तर्साएर आर्थिक गतिविधि तहसनहस पार्ने सोच प्रदेश सरकारको नभएको दोहोर्‍याए। 

प्रदेश सरकार र स्विस सरकारको सहकार्यमा साना तथा मझौला उद्योगका लागि करिब ८ अर्ब रुपैयाँबराबरको सौर्य ऋण कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी पनि उनले दिए।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका कर्मचारीलाई कोशी प्रदेशमै उत्पादित पोसाक प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अघि बढाइएको बताए। पोसाक भत्ताबाट स्वदेशी कपडा खरिद गर्न आग्रह गरिएको उल्लेख गर्दै उनले स्थानीय उद्योग प्रवर्धनमा सरकार गम्भीर रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुयषराज प्याकुरेलले विश्वव्यापी भू–राजनीतिक तनावप्रति नेपाल सरकार पर्याप्त गम्भीर नदेखिएको टिप्पणी गरे। मध्यपूर्वको अवस्थाले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने भन्दै उनले भारत, सिंगापुरलगायत मुलुकको नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिइरहेको अवस्थामा नेपाल पनि सजग हुनुपर्ने बताए। 

उनले राज्य निजी क्षेत्रमाथि नियन्त्रण बढाउने दिशामा अघि बढिरहेको आरोप लगाउँदै निजी क्षेत्रभित्र समेत विभाजन देखिएको उल्लेख गरे। अहिले निजी क्षेत्र अझ जिम्मेवार र एकताबद्ध भएर प्रस्तुत हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो। 

महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले मुलुक आर्थिक चुनौतीबीच अघि बढिरहेको भन्दै लगानीमैत्री वातावरण अझै बन्न नसकेको बताए। युवा शक्ति विदेश पलायन भइरहँदा उद्योग व्यवसाय क्षेत्रमा थप समस्या देखिएको उल्लेख गर्दै उनले स्थिर सरकारले अब आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा निजी क्षेत्रले गरेको बताए। 

अध्यक्ष राउतले सरकारले आयात घटाउने नीति ल्याए पनि आयात बढिरहेको उल्लेख गर्दै स्वदेशमै उद्योग स्थापना प्रोत्साहन गर्ने स्पष्ट नीति आवश्यक रहेको बताए। कोशी प्रदेशमा उद्योग, कृषि, पर्यटन, जलस्रोत, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो सम्भावना रहेकाले त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने उनको धारणा थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.