गरीब घर–परिवार पहिचानका लागि अनुगमन

गरीब घर–परिवार पहिचानका लागि अनुगमन
सुन्नुहोस्

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले सञ्चालन गरिरहेको गरीब घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत वडा नं. ३ को जयनेटामा अनुगमन गरिएको छ । नेपाल सरकारको गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले घरदैलोमै पुगेर तथ्यांक संकलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले संकलन भइरहेको तथ्यांक अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै  यही तथ्यांकका आधारमा संघ, प्रदेश र स्थानीय तहका सरकारले वास्तविक गरीब घरपरिवार पहिचान गरी राज्यबाट उपलब्ध हुने विभिन्न सेवा, सुविधा तथा सहुलियत प्रदान गर्ने जानकारी दिए ।

तथ्यांक संकलन कार्यलाई सफल बनाउन सबै नागरिकले सही र वास्तविक विवरण उपलब्ध गराई सहयोग गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । ‘सरकारले उपलब्ध गराउने सेवा–सुविधा वास्तविक लक्षित वर्गसम्म पुर्‍याउन तथ्यांक सही हुनु अत्यन्त आवश्यक छ ।’ सन्धिखर्क नगरपालिकाका १२ वटै वडामा अहिले तथ्यांक संकलन कार्य तीव्र रूपमा अघि बढाइएको छ । यस कार्यका लागि १७ जना गणक परिचालन गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताए ।

 गणकहरू प्रत्येक घरपरिवारको घरदैलोमै पुगेर आवश्यक विवरण संकलन गरिरहेका छन् । नगरपालिकाले तथ्यांक संकलनका क्रममा कुनै भ्रम वा शंका भए सम्बन्धित वडा कार्यालय वा नगरपालिकासँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ । गरीब घरपरिवार पहिचान कार्यक्रममार्फत संकलन हुने तथ्यांकले आगामी दिनमा सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी तथा अन्य विभिन्न सरकारी योजनाहरू लक्षित वर्गसम्म पुर्‍याउन महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.