कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिमाथि हस्तक्षेप गर्न सरकारसँग माग

कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिमाथि हस्तक्षेप गर्न सरकारसँग माग
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएकी छिन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद लामाले अस्वभाविक मूल्यवृद्धिले जनताको दैनिक जीवन निकै कष्ठकर भएको भन्दै तत्काल बजार हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारलाइ सुझाव दिएकी हुन् ।

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको करमा पुनरावलोकन गर्दै जनतालाई प्रत्यक्ष राहतका लागि संरचनामा सुधार गर्न उनले माग गरिन् । मूल्य नियन्त्रण जनताको क्रय शक्ति बढाउने नीतिगत हस्तक्षेपको विषय भएको भन्दै उनले यो सरकारको संवेदनशीलता, उत्तरदायित्व र शासन क्षमताको परीक्षण समेत भएको धारणा राखिन् । यस परीक्षणमा सरकार पास हुने हो वा फेल हुने हो भन्ने सरकारकै हातमा रहेको उनले बताइन् । दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि जनताको पीडा सम्बोधन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.