नेयमारलाई समेट्दै ब्राजिलको विश्वकप–२०२६ खेल्ने टोली घोषणा
काठमाडौं : फिफा विश्वकप–२०२६ का लागि ब्राजिलले आफ्नो टोली घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिलका सुपरस्टार नेयमारलाई समेट्दै टोलीको नामावली सार्वजनिक गरेका हुन् ।
प्रशिक्षक एन्सेलोटीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । क्यानडा, अमेरिका र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने यस विश्वकपमा स्थान बनाउँदा नेयमारले चौंथो पटक विश्वकप खेल्न लागेका हुन् । उनीसँगै विनिसियस जुनियर, राफिन्हा जस्ता स्टारले पनि ब्राजिलबाट विश्वकप खेल्ने अन्तिम २६ को टोलीमा स्थान बनाएका हुन् ।
फिफा विश्वकप २०२६ खेल्ने ब्राजिलको टोली
डिफेन्डर–एलेक्स सेन्ड्रो, ब्रेमर, डेनिलो, डगलस सेन्टोस, गेब्रियल मेगलहिस, इबानेज, लियो परेरा, मार्किन्होस र वेस्ले ।
मिलफिल्डर– ब्रुनो गुइमारेस, केसेमिरो, डेनिलो सेन्टोस, फाबिन्हो, लुकास पाक्वुटा ।
फर्वाड– एन्ड्रिकm गेब्रियल मार्टिनेली, इगोर थियागो, लुइज हेन्रिक, मेथ्यूस कुन्हा, नेयमार जुनियर, राफिन्हा, रायन र विनिसियस जुनियर ।
प्रतिक्रिया दिनुहोस !