एमालेको आपत्ति : पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरियो

एमालेको आपत्ति : पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरियो
सुन्नुहोस्

काठमाडौं :  एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरुले पुराना दलका सांसदहरुलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छिन् । बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले सत्तारुढ दलका सांसदहरुले बोल्ने क्रममा पुराना दलका सांसदहरुलाई होच्चाउने र अमानवीय व्यवहार गर्ने गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले संसदभित्र सबै सांसदहरुको हैसियत बराबर भएको र आफूहरु बादविवाद नभइ जनताका कुरा राख्न आएको धारणा राखिन् । उनले सत्तारुढ दलका सांसदहरुले सदनमा राखेका अशिष्ट व्यवहारप्रति तत्काल ध्यानाकर्षण गर्दै त्यस्ता शव्दहरु रेकर्डबाट हटाउन माग गरिन् । उनले बिपक्षी दलका सांसदहरुले बोलेका शव्दहरु हटाउन सभामुखको तत्काल ध्यानकर्षण हुने तर सत्तापक्षका सांसदले बोलेका अशिष्ट शव्दहरुप्रति भने सभामुखको ध्यानाकर्षण नभएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.