सर्वोच्च अदालतमा आज इजलास नबस्ने
काठमाडौं : सर्वोच्च अदालतमा आज कुनै पनि इजलास नबस्ने भएको छ। अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा शोक व्यक्त गर्दै सर्वोच्चले बिहीबार इजलास नबस्ने निर्णय गरेको हो।
उनको बुधबार निधन भएको थियो।
सर्वोच्चले एक सूचना जारी गर्दै पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै बिहीबार अदालतमा इजलास सञ्चालन नहुने जानकारी गराएको हो।
प्रतिक्रिया दिनुहोस !