‘कक्रोच जनता पार्टी’ को एक्स अकाउन्टमा किन लगाइयो प्रतिबन्ध ?

‘कक्रोच जनता पार्टी’ को एक्स अकाउन्टमा किन लगाइयो प्रतिबन्ध ?
सुन्नुहोस्

भारत : सूर्य कान्तको एउटा अभिव्यक्तिपछि उत्पन्न विवादका बीच बनेको ‘कक्रोच जनता पार्टी’ को एक्स (ट्वीटर) अकाउन्ट प्रतिबन्धित गरिएको छ ।
मुख्य न्यायाधीश सूर्यकान्तको बयानपछि सुरु भएको विवादकै बीच यो पार्टी गठन गरिएको थियो । गत साता सुप्रिम कोर्ट अफ इण्डियामा एक मुद्दाको सुनुवाइका क्रममा सीजेआई सूर्यकान्तले देशका बेरोजगार युवाको तुलना कथित रूपमा ‘कक्रोच’ सँग गरेका थिए । विवाद बढेपछि उनले उक्त भनाइबारे स्पष्टीकरण पनि दिएका थिए ।

तर युवाहरूले उक्त अभिव्यक्तिको कडा विरोध गरे । त्यसकै विरोधस्वरूप ‘कक्रोच जनता पार्टी’ सुरु गरिएको थियो । सुरुमा व्यंग्य र मजाकका रूपमा सुरु गरिएको यो अभियान सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय बनेको थियो र यसको लाखौं फलोअर पुगेका थिए । इस्न्टाग्राममा पाँच दिनमै यसले एक करोड १७ लाख बढी फलोअर्स कमाएको थियो ।

केरला विधानसभामा भाजपाको ऐतिहासिक कदम
भारतीय जनता पार्टीले पहिलो पटक केरला विधानसभा सभामुख पदको चुनाव लड्ने भएको छ । तीन सिट जितेर विधानसभा पुगेको भाजपाले सभामुख पदका लागि उम्मेदवार उठाउने निर्णय गरेको हो । प्रदेश अध्यक्ष राजीव चन्द्रशेखरले बिहीबार यसको औपचारिक घोषणा गरेका हुन् ।

शुक्रबार हुने त्रिकोणात्मक र ऐतिहासिक प्रतिस्पर्धाका लागि विभिन्न राजनीतिक गठबन्धनले आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन् । भाजपाका तर्फबाट कोल्लम जिल्लाको चथनूर क्षेत्रबाट निर्वाचित विधायक बीबी गोपकुमार उम्मेदवार बनेका छन् । उनको नाम राजीव चन्द्रशेखर र वी मुरलीधरनले प्रस्ताव गर्नेछन् । यता, कांग्रेस नेतृत्वको सत्तारूढ युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले वरिष्ठ नेता तिरुवनचूर राधाकृष्णनलाई उम्मेदवार बनाएको छ ।  विपक्षी एलडीएफले भने अहिलेसम्म आफ्नो उम्मेदवारको औपचारिक घोषणा गरेको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.