टेलि डिजिटलद्वारा नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम आयोजना

टेलि डिजिटलद्वारा नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम आयोजना
सुन्नुहोस्

काठमाडौं : रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेसले मेटासँगको सहकार्यमा जेठ ७ गते ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। 

नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापारको सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको थियो।

नेपालको डिजिटल क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक Albert Tiong ले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। उनको उपस्थितिले नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो तथा रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा मेटाले लिएको प्राथमिकतालाई झल्काएको थियो। 

‘द कनभरफरेन्स’ कार्यक्रममा नेपालका प्रतिष्ठित कम्पनीका उच्च अधिकारीहरू सहभागी भएका थिए। कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआई मार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति तथा व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा विश्वव्यापी व्यवसायिक म्यासेजिङ प्रवृत्तिबारे जानकारी दिँदै मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक साता एक अर्बभन्दा बढी मानिस व्यवसायसँग जोडिने तथ्य प्रस्तुत गरिएको थियो। नेपालमा ह्वाट्सएप व्यापक रूपमा प्रयोग भइरहेका कारण नेपाली व्यवसायहरूले एसएमएस र इमेलजस्ता परम्परागत माध्यमभन्दा बाहिर गएर प्रत्यक्ष, विश्वासिलो तथा मापनयोग्य ग्राहक संवादको अवसर उपयोग गर्न सक्ने विषय कार्यक्रममा विशेष रूपमा उठाइएको थियो।

‘व्यवसायिक म्यासेजिङका लागि नेपाल अहिले उत्साहजनक मोडमा पुगेको छ, बजारहरूमा तिव्र गति देखिरहेका छौं। ह्वाट्सएप बिजनेस प्लेटफर्म ठमेलको सानो पारिवारिक पसलदेखि राष्ट्रिय बैंकसम्म सबै प्रकारका व्यवसायका लागि तयार गरिएको हो। नेपाली ब्रान्डहरूले आजैदेखि यसको उपयोग सुरु गर्न सक्ने अवस्था बनिसकेको छ। ग्राहकसँगको संवाद पहिले नै ह्वाट्सएपमा भइरहेको छ, अब प्रश्न केवल तपाईंको ब्रान्ड त्यसको हिस्सा हो कि होइन भन्ने मात्र रहेको उनले भने।’

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले कार्यक्रममा सम्बोधन गर्दै पाँच दशकभन्दा बढी समयदेखि रमेश कर्प नेपाली व्यवसायहरूको वृद्धि र प्रगतिमा साझेदार बनेको बताए। उनले भने, ‘टेलि डिजिटललाई सहयोग गर्नु भनेको त्यही प्रतिबद्धतालाई निरन्तरता दिनु हो। नेपाली व्यवसायहरूले स्थानीय सहयोग, स्थानीय भुक्तानी सुविधा तथा पूर्ण प्लेटफर्म पहुँचसहित विश्वका शक्तिशाली डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष पहुँच पाउन सकून् भन्ने हाम्रो उद्देश्य हो।’

टेलि डिजिटल सर्भिसका प्रमुख कार्यकारी अधिकृत नवांकुर सुदले भने ‘मानिसहरूलाई जबरजस्ती बिक्री गराउनुभन्दा उनीहरू संवादमार्फत खरिद गर्न चाहने र हाम्रो ध्यान ग्राहक–केन्द्रित डिजिटल इकोसिस्टम निर्माणमा केन्द्रित हुनुपर्छ। ग्राहकको आवश्यकतालाई प्राथमिकता दिँदा ब्रान्डसँग हुने उनीहरूको स्वाभाविक अन्तरक्रियाले मूल्यवान् र व्यवस्थित डाटाबेस निर्माण गर्न सहयोग गर्छ। ह्वाट्सएप बिजनेस एपीआईले नेपाली व्यवसायलाई ग्राहकहरू जहाँ छन्, त्यहीँ पुगेर व्यक्तिगत अनुभूति हुने संवाद गर्न सक्षम बनाउँछ। ‘द कनभरफरेन्स’ नेपाली बजारलाई आधारबाट निर्माण गर्ने हाम्रो प्रतिबद्धता हो, किनकि टेलि डिजिटल तपाईंको व्यवसायको नयाँ साथी बन्न चाहन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.