प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.२३ अंकले घटेर २७८४.११ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ४५ वटा स्क्रिप्सको १४ हजार ४० कित्ता सेयर ५१ लाख ४८ हजार ८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !