युद्धविराम उल्लङ्घन गर्दै लेबनानमा इजरायलको आक्रमण, ३१ जनाको मृत्यु

युद्धविराम उल्लङ्घन गर्दै लेबनानमा इजरायलको आक्रमण, ३१ जनाको मृत्यु
फाईल तस्बिर
सुन्नुहोस्

बेरुत: इजरायलले दक्षिणी र पूर्वी लेबनानमा गरेको तीव्र हवाई तथा स्थलगत आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सशस्त्र समूह हिजबुल्लाहविरुद्धको सैन्य कारबाहीलाई थप सशक्त बनाउने घोषणा गरेलगत्तै यी आक्रमणहरू भएका हुन्।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा मारिनेहरूमा कयौँ बालबालिकासहित कम्तीमा ३१ जना रहेका छन्। यता इजरायली सेना (IDF) ले भने आफूहरूले हिजबुल्लाहका १०० भन्दा बढी ठेगाना र लडाकुहरूलाई निशाना बनाएको दाबी गरेको छ।

यसअघि सोमबार प्रधानमन्त्री नेतान्याहुले हिजबुल्लाहमाथि 'थप दबाब बढाउन' आदेश दिएको बताएका थिए। मंगलबार आयोजित सुरक्षा क्याबिनेटको बैठकमा उनले लेबनानमा इजरायलको सैन्य अभियान तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरे।

प्रधानमन्त्री नेतान्याहुले भने, 'इजरायली सेना (IDF) ठुलो संख्यामा स्थलगत रूपमा परिचालित भई महत्त्वपूर्ण क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लिइरहेको छ। उत्तरी इजरायलका बस्तीहरूलाई हिजबुल्लाहको आक्रमणबाट सुरक्षित राख्नका लागि 'सुरक्षा क्षेत्र' लाई थप मजबुत बनाइँदैछ।'

अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भएको भए तापनि दुवै पक्षबाट लगातार यसको उल्लङ्घन हुँदै आएको छ। हालैका यी आक्रमणहरूले उक्त युद्धविरामलाई थप संकटमा पारेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.