गौतम अडानीको सम्पति एकै दिन ८४५ अर्ब वृद्धि, विश्वका अरबपतिको सूचीमा हलचल

गौतम अडानीको सम्पति एकै दिन ८४५ अर्ब वृद्धि, विश्वका अरबपतिको सूचीमा हलचल
सुन्नुहोस्

भारत : गौतम अडानीको सम्पत्ति एकै दिनमा भारु ८४५ अर्बले बढेको छ । जसले विश्वका अरबपतिहरूको सूचीमा ठूलो हलचल ल्याएको छ ।
यस वर्ष विश्वका शीर्ष–१० बढी कमाइ गर्ने अरबपतिहरूमध्ये एलन मस्क पछि लैरी पेज रहेका छन् । उनको सम्पत्तिमा ५८.१ अर्ब डलरको वृद्धि भएको छ । अडानीको कुल सम्पत्ति अहिले ११७ अर्ब डलर पुगेको छ । अर्कोतर्फ मुकेश अम्बानीको सम्पत्ति पनि ८९.१ अर्ब डलर पुगेको छ ।

विश्वका धनी व्यक्तिहरूको सूचीमा ठूलो फेरबदल देखिएको छ । मंगलबार अडानी समूहका कम्पनीहरूको शेयरमा आएको तीव्र वृद्धिका कारण अडानीको सम्पत्तिमा एकै दिन ८.८५ अर्ब डलर अर्थात् करिब भारु ८४,५०० करोडको वृद्धि भएको हो ।

यसैबीच, अर्बपति सूचकाङ्कको शीर्ष–१० धनीहरूको सूचीमा पनि परिवर्तन आएको छ । लैरी एरिसन अब विश्वका पाँचौं धनी व्यक्ति बनेका छन् । उनले मार्क जुकरबर्गलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । शीर्ष–१० अरबपतिहरूको सूचीमा स्टिभ बाल्मरले पुनः प्रवेश गरेका छन् । उनले जिम वाल्टनलाई सूचीबाट बाहिर पारेका हुन् ।

अर्कोतर्फ, मुकेश अम्बानीको सम्पत्तिमा मंगलबार १९५ मिलियन डलरको वृद्धि भएको छ । सन् २०२६ मा हालसम्म सबैभन्दा बढी सम्पत्ति बढाउने व्यक्तिमा एलन मस्क अग्रस्थानमा छन् । उनको सम्पत्तिमा यस वर्ष मात्र ११४ अर्ब डलर थपिएको छ र कुल सम्पत्ति ७३३ अर्ब डलर पुगेको छ । दोस्रो स्थानमा ल्यारी पेज छन्, जसको सम्पत्तिमा ५९.३ अर्ब डलर वृद्धि भएर ३२८ अर्ब डलर पुगेको छ ।

तेस्रो धनी सर्गेइ बिनले यस वर्ष ५४.९ अर्ब डलर कमाएका छन् र उनको कुल सम्पत्ति ३०५ अर्ब डलर पुगेको छ । माइकल डेलको सम्पत्तिमा ५१.७ अर्ब डलर वृद्धि भएर १९२ अर्ब डलर पुगेको छ । डेभिड सनको सम्पत्तिमा ४७.५ अर्ब डलरको वृद्धि भएको छ र उनको कुल सम्पत्ति ७८.६ अर्ब डलर पुगेको छ । गौतम अडानीको सम्पत्ति पनि यस वर्ष ३३ अर्ब डलरले बढेर ११७ अर्ब डलर पुगेको छ ।

विश्वका शीर्ष–१० धनी व्यक्तिहरूको सूची :

१. एलन मस्क-— ७३३ अर्ब डलर
२. ल्यारी पेज - ३२८ अर्ब डलर
३. सर्गेई ब्रिन- ३०५ अर्ब डलर
४. जेफ बेजोस- २८४ अर्ब डलर
५. ल्यारी एलिसन- २४८ अर्ब डलर
६. मार्क जुकरबर्ग- २१८ अर्ब डलर
७. माइकल डेल- १९२ अर्ब डलर
८. जेन्सेन हुआङ — १७८ अर्ब डलर
९. बर्नार्ड अर्नो - १६० अर्ब डलर
१०. स्टिभ बाल्मर- १४७ अर्ब डलर
स्रोतः Bloomberg Billionaires Index


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.