'गोला प्रक्रिया' हटाउने हल्ला निराधार : सर्वोच्च अदालत
काठमाडौं : सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेशी व्यवस्थापनका लागि लागू गरिएको 'गोला प्रक्रिया' यथावत् रहेको स्पष्ट पारेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गोला प्रक्रियाको विकल्प खोजिएको वा परिवर्तन गर्न लागिएको भन्ने समाचारहरू प्रकाशित भएपछि अदालतले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
अदालतले बुधबार एक विज्ञप्ति जारी गर्दै हालसम्म गोला प्रक्रियालाई पुनर्विचार गर्ने वा परिवर्तन गर्ने विषयमा कुनै औपचारिक छलफल,निर्णय वा धारणा नबनेको उल्लेख गरिएको छ। त्यसैले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणी तथ्यमा आधारित नभएको अदालतको भनाइ छ।
सर्वोच्चका अनुसार अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका २०७८ बमोजिम हाल मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको छ।
सर्वोच्च अदालतमा १४ मंसिर २०७८ देखि गोला प्रक्रियाबाट पेशी निर्धारण हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !