गणतन्त्रको रक्षा र सुदृढीकरणबाट मात्रै मुलुक समृद्ध बन्छ : सभापति थापा

गणतन्त्रको रक्षा र सुदृढीकरणबाट मात्रै मुलुक समृद्ध बन्छ :  सभापति थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

गणतन्त्र दिवस-२०८३ को शुभकामना दिँदै उनले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षाका लागि सबै क्षेत्रबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए । यो दिवसले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिमा आधारित न्यायपूर्ण समाज निर्माणको साझा यात्रामा सम्पूर्ण नेपालीलाई नयाँ उत्साह र प्रेरणा दिने विश्वास उनले व्यक्त गरे । 

वक्तव्यमार्फत थापाले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् । 

ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै सभापति थापाले जनआन्दोलन २०६२/६३ को सफलतापछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गराएको उल्लेख गरे। सोही निर्वाचनपछि वि.सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरेको र सोही उपलब्धिको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको उनले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.