गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री बालेनले गरेनन् सम्बोधन

गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री बालेनले गरेनन् सम्बोधन
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन नगरी समापन भएको छ। गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ।

तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा सम्बोधन नगरेका प्रधानमन्त्री बालेन गणतन्त्र दिवसको मूल समारोहमा सहभागी भएपनि सम्बोधन नगरेका हुन्। समारोहलाई  राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका हुन्। समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो। शितल निवास स्रोतका अनुसार गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपतिसमक्ष पत्राचार भएको हो।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, स्थानीय तहका तर्फबाट विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो।  दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। पहिलो संविधानसभाको २०६५ जेठ १५ गतेको बैठकमा २४० वर्षे राजसंस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.