कार दुर्घटनामा युवकको मृत्यु, दुई जना घाइते

कार दुर्घटनामा युवकको मृत्यु, दुई जना घाइते
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको शिवपुरीमा कार दुर्घटनामा परेको छ । सडक मार्गदेखि तल जंगलमा खसेर भएको दुर्घटनामा एक युवकको मृत्यु, भएको छ भने दुई जना घाइते भएका छन् । 

नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बिएई ०५६९ विद्युतीय कार विहीवार वेलुकी नुवाकोटबाट काठमाडौं प्रवेशको छोटो दूरीको छहरे–गुर्जे–टोखा सडकमार्गमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा सिरहाको सुखीपुर नगरपालिका–२ का ३५ वर्षीय सन्जिवकुमार चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए । 

 उनका अनुसार दुर्घटनामा घाइते तीन जनामध्ये चौधरीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाग्रस्त कारण शिवपुरी गापाको गुरुङ गाउँ र गुर्जे–भञ्ज्याङ बीच सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनालगत्तै स्थानीयवासी, प्रहरीले  घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो  ।

दुर्घटना लगत्तै अस्थायी प्रहरी पोष्ट गुर्जेभन्ज्याङबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली गएर स्थानीयवासीहरुको सहयोगमा घाइतेहरुलाई उद्दार गरेको थियो । कारमा सवार ३ जना गम्भिर घाइते तथा अचेत अवस्थामा रहेकाहरुलाई उद्दार गरी उपचारको लागि काठमाडौस्थित  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पठाइएको थियो । 

दुर्घटनामा घाइते काठमाडौ महानगर–९ गौरीघाटका ४५ वर्षीय लोकेश मिश्र र कार चालक सुनसरीको इनरुवा नगरपालिका–५ घर भई हाल काठमाडौ  महानगर–८ बस्ने ४० वर्षीय उत्सव पोखरेल  घाइते भएका छन् । प्रहरीले कार चालक उत्सव पोखरेललाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । कार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.