उत्तर प्रदेश र बिहारमा आँधी र चट्याङबाट ४८ जनाको मृत्यु, ७५ जिल्लामा 'अलर्ट'

उत्तर प्रदेश र बिहारमा आँधी र चट्याङबाट ४८ जनाको मृत्यु, ७५ जिल्लामा 'अलर्ट'
सुन्नुहोस्

नयाँ दिल्ली : भारतको उत्तर प्रदेश र बिहारमा पछिल्लो २४ घण्टामा आएको आँधीहुरी, वर्षा र चट्याङका कारण ४८ जनाले ज्यान गुमाएका छन् । मौसमजन्य विपद्का कारण उत्तर प्रदेशमा ३१ र बिहारमा १७ जनाको मृत्यु भएको हो ।

भारी वर्षा र खराब मौसमका कारण बिहारको राजधानी पटनामा ४ वटा विमान डाइभर्ट गरिएका छन् भने १८ वटा उडानहरू ढिलो भएका छन् । जसका कारण ५०० भन्दा बढी यात्रुहरू अलपत्र परेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि बिहारका २५ जिल्लामा वर्षाको सम्भावना कायमै छ ।

यता, उत्तर प्रदेशको सहारनपुरस्थित पहाडी क्षेत्रमा भएको भारी वर्षापछि आएको तीव्र बहाबले एउटा इनोवा कार र ट्र्याक्टरसहित १० वटा सवारी साधन बगाएको छ । मौसम विभागले आज यूपीका सबै ७५ वटै जिल्लामा वर्षाको चेतावनी (अलर्ट) जारी गरेको छ ।

पहाडी क्षेत्रमा हिमपात

राजस्थानमा पनि मौसममा ठुलो बदलाव आएको छ । शनिबार त्यहाँका ३० जिल्लामा आँधीसहित असिना पर्न सक्ने अनुमान गरिएको छ । यसअघि चुरु, हनुमानगढ, बीकानेर र सीकरसहित ९ जिल्लाको तापक्रममा १० डिग्री सेल्सियससम्म गिरावट दर्ता गरिएको थियो ।

उता प्रसिद्ध धार्मिक स्थल हेमकुण्ड साहिबमा शुक्रबार हिमपात भएको छ । वर्षापछि पहाडबाट खसेको पहिरो र भग्नावशेषमा कयौँ मोटरसाइकलहरू पुरिएका छन् भने रोहडू क्षेत्रमा भएको भारी असिनाबारीका कारण स्याउ खेतीमा व्यापक क्षति पुगेको छ ।

आगामी ७ दिनभित्र मनसुन भित्रिने

यसैबीच, भारत मौसम विज्ञान विभाग (IMD) ले दक्षिण-पश्चिम मनसुन आगामी ७ दिनभित्र केरल आइपुग्ने जनाएको छ । यद्यपि, विभागले यस वर्षको मनसुन सामान्यभन्दा कमजोर रहने प्रक्षेपण गरेको छ ।

आगामी जुनदेखि सेप्टेम्बर महिनासम्म देशका धेरैजसो भू-भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ ।यस वर्ष मनसुनी वर्षा 'लङ पिरियड एभरेज' (LPA) को करिब ९० प्रतिशत मात्र हुन सक्छ । (भारतमा सामान्य मनसुनी वर्षाको औसत ८७ सेन्टिमिटर मानिन्छ) ।

पूर्वोत्तर भारतमा सामान्य वर्षा हुने अनुमान गरिए पनि देशका अन्य क्षेत्र, विशेष गरी वर्षामा आधारित खेतीपाती हुने भू-भागमा मनसुन कमजोर रहने आशंका छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.