मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–१ बन्तालका १६ वर्षीय किशोर अनिल विकको करेन्ट लागेर मृत्यु भएको छ । चार्ज भईरहेका बेला अनिलले मोवाइल चलाउँदा करेन्ट लागेको जनाइएको छ ।
शुक्रबार बेलुकी आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाएर चलाइरहेका बेला उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !