काठमाडौंमा ट्राफिक जाँचमा कडाइ

मापसेदेखि तीव्र गतिमा सवारी चलाउने करिब दुई हजार चालक कारवाहीमा

मापसेदेखि तीव्र गतिमा सवारी चलाउने करिब दुई हजार चालक कारवाहीमा
सुन्नुहोस्

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ९९४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ५ लाख ४१ हजार ५०२ राजस्व जम्मा भएको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८,निषेधित क्षेत्रमा हर्न बजाउने १३०,सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८,एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.