चीनमाथि नेपालको फराकिलो जित

चीनमाथि नेपालको फराकिलो जित

काठमाडौं : एसियन गेम्स छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले चीनमाथि २२१ रनको फराकिलो जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । 

नेपालले दिएको ३१४ रनको विजयी लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रन बनाउँदै अलआउट भयो । चीनको लागि सेन्जियान जिङले सर्वाधिक ३१ रन बनाए । उनले १५ बलमा १ चौका र ४ छक्का प्रहार गरे । चीनका दुई शीर्ष ब्याटरलाई सोमपालले बोल्ड गरे । ओपनर ब्याटर डु जिन्यायो ३ रनमा बोल्ड हुँदा मा किन्चेङ डकआउट भएका हुन् । 

केही समय टिकेर रन बनाइरहेका ओपनर डु जियानहावो र कप्तान तियान सेन्क्यू सन्दीप लामिछानेको बलिङ अट्याकबाट बच्न सकेनन् । ओपनर डुले १७ र कप्तान तियानले १२ रन बनाए । चेन जुवो इले ९ रन बनाए । नेपालका लागि बलिङतर्फ कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामीछानेले २–२ विकेट लिए। नन्दन यादवले १ विकेट लिए । 

त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ प्रदर्शन गरे । भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रनको पारी खेलेका हुन् । पहिलो विकेटका रूपमा ओपनर ब्याटर आसिफ शेख ११ रनमा पेभिलियन फर्किदा कुशल मल्लसँग कुशल भुर्तेलले १७५ रनको उत्कृष्ट साझेदारी बनाएका थिए । 

नेपालको लागि कुशल मल्ल ८५ र रोहित पौडेलले ६९ रनमा अविजित रहे । यी दुईले तेस्रो विकेटको लागि ११६ रनको अविजित साझेदारी गरेका थिए । चीनको लागि बलिङममा मा कियानचेङ र डेन जिङ्गीले १–१ विकेट लिए । 

नेपाल समूह ए मा रहेर यो प्रतियोगिता खेलिरहेको छ । जसमा समूह ए मा चीन, मलेसिया र नेपाल रहेका छन्। यसअघि, कतारले पनि छनोट खेल खेल्ने निर्धारण भएको थियो तर कतारले छनोट प्रतियोगितामा सहभागिता जनाएन। जसका कारण नेपालको समूहमा ३ टोली रहेका छन्। 
समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.