नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनोटमा असफल

नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनोटमा असफल

काठमाडौं : एसियन गेम्स छनोटको महिलातर्फको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल चीनसँग ५ विकेटले पराजित भएको छ । चीनसँग पराजित हुँदा नेपाली महिला क्रिकेट टोली जापानमा हुने एसियन गेम्स छनोट हुन असफल भएको हो । 

वायुमास ओभरमा खेलको बीचमा बर्षा हुँदा खेल रोकिएको थियो । जसले गर्दा खेल ७ ओभरमा घटाएर खेलाइएको थियो । जसमा नेपालले ७ ओभरमा ५० रन बनाउँदा ओभर घटेसँगै लक्ष्य पनि घटाइएको थियो । डकवर्थ लुइस (डीएल) पद्धतीमा ७ ओभरमा खेलमा ४३ रनको विजयी लक्ष्य पछ्याएको चीनले ७ ओभरमा ५ विकेट गुमाउँदै ४५ रनसहित लक्ष्य पूरा गर्‍यो । चीनको लागि अन्तिम बलमा जीतको लागि २ रन चाहिँदा चाइ युजीले सीता राना मगरलाई चौका प्रहार गर्दै चीनलाई एसियन गेम्समा छनोट गराएकी हु्न् । 

चीनको लागि कप्तान मिङवुइ जुले १८ रन बनाइन् ।  चाइ युजी ११ रनमा अविजित रहिन् । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । नेपालका लागि बलिङ तर्फ, रिया शर्माले २ विकेट लिइन्। सीता राना मगरले १ विकेट लिइन् । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रन बनायो । नेपालको लागि कविता कुँवरले सर्वाधिक २२ रन बनाइन् ।

उनले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्का ५ रनमा पेभेलियन फर्किइन् । सोनी पाख्रिनले ५ र कप्तान इन्दु बर्माले ११ रन बनाइन् । रुबिना क्षेत्री ३ रनमा अविजित रहिन् । चीनको लागि मा रुइकीले २ विकेट लिइन् । मिङ्ग्युइ जु र जाओ इहानले १–१ विकेट लिए । सेमिफाइनलमा नेपाललाई हराएको मलेसिया र अर्को सेमिफाइनलमा चीनलाई हराएको थाइल्यान्ड फाइनल पुग्दै यसअघि  नै एसियन गेम्समा स्थान बनाइसकेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.