गुजरातलाई घरेलु मैदानको सहजता कि साविक विजेता आरसीबीको दबदबा ? कसले जित्ला आइपीएल उपाधि ?
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को फाइनल खेल आज साँझ ७ः४५ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) र गुजरात टाइटन्सबीच हुँदैछ ।
१९ औं संस्करणसम्म आइपुग्दा दुवै फाइनलिस्टले १-१ पटक आइपीएलको उपाधि उचालेका छन् । आरसीबी साविक विजेता हो भने गुजरात टाइटन्सले सन् २०२२ मा राजस्थान रोयल्सलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो ।
जारी संस्करणमा पनि यी दुई टोलीले शीर्ष २ मा रहँदै लिग सकेका थिए । पहिलो क्वालिफायरमा आरसीबीसँगै पराजित भएको गुजरात टाइटन्सले गल्ती सुधार्दै उपाधिमा आफ्नो नाम लेख्न सक्छ । पहिलो क्वालिफायरमा आरसीबीसँगको खेलमा गुजरातको मध्यक्रममा समस्या देखिन्थ्यो । जसका कारण गुजरातले ९२ रनको फराकिलो हार बेहोरेको थियो । गुजरातको ब्याटिङ ओपनर ब्याटरद्वय साई सुदर्शन र कप्तान सुभमन गिलमा निर्भर भएको देखिन्छ ।
बलिङमा कागिसो रावडा र जेसन होल्डरले निकै राम्रो लय समातेका छन् । जसका कारण यदि साविक विजेता आरसीबीलाई पराजित गर्ने हो भने गुजरातको मध्यक्रमको समस्या सुध्रिएको हुनुपर्छ । सुभमन गिलले टी–२० मा बनाएको ६,१३४ रनमध्ये १,५०० रन अहमदाबादमा बनाएका छन् । यस हिसाबले पनि उनको पारी टिमको आज निकै महत्वपूर्ण हुन सक्छ ।
आरसीबीको लागि कप्तान रजत पाटीदार निकै महत्वपूर्ण खेलाडी हुन् । उनले आरसीबीको लागि निकै महत्वपूर्ण खेलहरूमा विजयी इनिङ्स खेलेका छन् । शीर्षक्रममा बैंकटेस अय्यर र विराट कोहोलीको जोडी जमिरहेको छ । यद्यपि, फिल साल्ट ठिक भएको खण्डमा बैंकटेस बेन्चमा हुन सक्छन् । रणनीतिक हिसाबमा रजत पार्टीधारको मुकाबला यो सिजनमा अन्य कप्तानले दिन सकेका छैनन् । निकै राम्रो रणनीति बनाउने कप्तान भएका कारण भने साविक विजेताले आफ्नो दबदबा फाइनलमा उत्तिकै जमाउन सक्छ ।
आरसीबीका लागि ओपनर ब्याटर विराट कोहली निकै राम्रो फर्ममा छन् । बलिङतर्फ भुवनेश्वर कुमार ‘पर्पल क्याप’ को दावेदारी प्रस्तुत गरिरहेका छन् । आरसीबीको लागि निकै महत्वपूर्ण कुरा के हो भने पछिल्ला १० खेलमा ८ फरक खेलाडी ‘प्लेयर अफ द म्याच’ बनेका छन् । अझै आकर्षक कुरा हालसम्म आरसीबीमा आवद्ध जोश ह्याजलवुडले पाँच वटा टी–२० फाइनल खेलेका छन् जुन सबै जितेका छन् । जसमा दुईवटा आइपिएलका फाइनल पनि छ ।
पिच र कन्डिसनः
अहमदाबादको विकेटमा यी दुवै टोलीले खेलिसकेका छन् । जसका कारण विकेटले पहिलो इनिङ्स र दोस्रो इनिङ्समा कस्तो रियाक्ट गर्छ भन्ने यी दुवै टोलीलाई थाहा छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियम को जुन बीचमा फाइनल खेल हुँदैछ । त्यो बीचमा यसअघि पनि खेलिसकेको छ । हालसम्म भएका खेलहरूको विश्लेषण गर्दा लक्ष्य पछ्याउने टोलीले जितिरहेका छन् ।
आरसीबीको सम्भावित प्लेइङ सेटः
विराट कोहली, बैंकटेस अय्यर-फिल साल्ट, देवदत्त पाडिकल रजत पाटीदार (कप्तान), कुर्नाल पाण्ड्या, टिम डेविड, जितेश शर्मा, रोमारियो सेफर्ड, भुवनेश्वर कुमार, जोश ह्याजलवुड, रसिक सलाम, ज्याकोब डफी- सुयस शर्मा ।
गुजरातको सम्भावित प्लेइङ सेटः
शुभ्मन गिल(कप्तान) साई सुदर्शन, जोश बट्लर, वासिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राहुल तिवातीय, रासिद खान, साई किशोर, कागिसो रावडा, प्रसिद्ध कृष्ण, मोहम्मद सिराज ।
प्रतिक्रिया दिनुहोस !