श्रीलंकासँगको खेलमा नेपालको कप्तानी रेनुका नगरकोटीले गर्ने
काठमाडौं : साफ महिला च्याम्पियनसिप–२०२६ को दोस्रो खेल श्रीलंकाविरुद्ध नेपालको कप्तानी रेनुका नगरकोटीले गर्ने भएकी छिन् । भारतको गोवास्थित, जवारलाल नेहरु स्टेडियममा हुने यस खेलमा अघिल्लो खेलमा कप्तानी गरेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै आजको खेलको कप्तानी रेनुकालाई दिइएको छ ।
पहिलो खेलमा भन्दा दोस्रो खेलमा नेपालले प्लेइङ सेटमा ४ परिवर्तन गरेको छ । जसमा गोलकिपर एन्जिलाको स्थानमा अन्जना राना, पुजा रानाको स्थानमा प्रतिक्षा चौधरी, अनिता बस्नेतको स्थानमा सरु लिम्बु र अनिता लम्जेलको स्थानमा मिना देउवाले पहिलो रोजाइमा स्थान बनाएका छन् ।
नेपालले पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो । आजको खेलमा नेपालले बराबरी मात्रै खेलेको खण्डमा पनि नेपाल समूह विजेता बन्ने छ ।
रेनुका नगरकोटी (कप्तान), अन्जना राना मगर, विमला विक, हिरा भुजेल, सरु लिम्बु , गीता राना, रेखा पौडेल, मिना देउवा, प्रतिक्षा चौधरी, रश्मि कुमारी घिसिङ र दिपा शाही ।
प्रतिक्रिया दिनुहोस !