दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नयाँ दिल्ली पुगेका छन्। सभापति लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरे।
भाजपा अध्यक्ष नितिन नविनको निमन्त्रणमा लामिछाने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका हुन्। पाँच दिने भारत भ्रमणका क्रममा भाजपाका शीर्ष नेतासहित उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने बताइएको छ।
भ्रमण टोलीमा लामिछानेकी श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवं सांसद् विपिन आचार्य, सांसद दीपक बोहोरा र प्रदीप आचार्य छन्।

प्रतिक्रिया दिनुहोस !