प्रधानमन्त्रीलाई अफ्ठ्यारो पार्नु छैन, तर संसदको रोष्टमबाट जनतासँग माफी माग्नुपर्छ : गगन थापा

प्रधानमन्त्रीलाई अफ्ठ्यारो पार्नु छैन, तर संसदको रोष्टमबाट जनतासँग माफी माग्नुपर्छ : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन्।

पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्‍घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताए। 

सीमासम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिइ प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने उनको भनाइ छ। सभापति थापाले जेनजी आन्दोलसम्बन्धी मानवअधिकार आयोगको प्रतिवदेन कार्यान्वयन गर्न माग गर्दै दोषी देखिएकाहरूलाई निष्पक्ष ढंगले कारबाही गर्नुपर्ने बताए। 

संसदमा संख्याको दम्भ देखिएको भन्दै उनले जनमतलाई अवसरको रूपमा लिएर काम गर्न रास्वपालाई सुझाव दिए। सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान आफू गम्भीररूपमा लागेको उल्लेख गरे। उनले निर्वाचनले कांग्रेस ल्याएको नभइ कांग्रेसका कारण निर्वाचन भएको इतिहास रहेको भन्दै निर्वाचनको परिणामलाई स्वभाविक रूपमा लिन आग्रह गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.