संसदमा देखिएको संकट समाधान प्रधानमन्त्रीको हातमा छ : एमाले
काठमाडौं : नेकपा एमाले संसदीय दलका नेता समेत रहेका सांसद रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति अभिलेखबाट नहटाएसम्म संसदको कारवाही अगाडि बढ्न नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले संसदमा देखिएको संकटको समाधान प्रधानमन्त्रीको हातमा रहेको बताए । उनले संसदमा देखिएको संकटको समाधान प्रधानमन्त्रीको हातमा रहेको बताउँदै रोष्टममा आएर नेपालले भारतको धेरै जग्गाहरु मिचेको छ भनेर जे भने यो इतिहासको तथ्यसँग मेल खाँदैन, यो मेरो ठूलो ऐतिहासिक भुल थियो भनेर स्वीकार गर्ने हो भने संसदको संकट हल हुने बताए ।
उनले रास्वपाका सभापतिले प्रधानमन्त्रीलाई ‘तपाईले जे बोल्नु भयो त्यो राष्ट्रघाती थियो, तथ्यसंगत थिएन । त्यो वक्तव्य तपाईले फिर्ता लिनुपर्छ’ भनेर आफ्नो पार्टीको सदस्यलाई निर्देशन दिए पनि यो संकट हल हुने बताए । अर्को उपाय सभामुखले प्रधानमन्त्रीले बोलेका कुरा संसदको अभिलेखबाट हटाउने रुलिङ गरे पनि संकट समाधान हुने बताए । उनले आफूहरुले एक हप्तादेखि प्रधानमन्त्री संसदमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ, आफ्नो गल्तीहरुलाई स्वीकार्नु पर्छ भनिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस !