प्रधानमन्त्रीले चिया पिएको त देखियो, चियाको समस्यामा चासो दिएको देखिएन : निश्कल राई

प्रधानमन्त्रीले चिया पिएको त देखियो, चियाको समस्यामा चासो दिएको देखिएन : निश्कल राई

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले चिया पिएको भिडियो त देखिएको तर, चिया किसान र उद्योगको समस्या समाधानका लागि चासो देखाएको नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले छिमेकी देश भारतले नेपालको चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाहरुका उद्योगहरु बन्द अवस्थामा रहेको बताए । उनले अहिले किसानहरु आफूले उत्पादन गरेको चिया नष्ट गर्नुपर्ने अवस्थामा रहेको बताउँदै सांसद राईले अहिले इलाममा मात्र ८३ वटा चिया उद्योग बन्द रहेको बताए ।

उनले यति संवेदनशिल विषयमा सरकारको ध्यान नगएको बताए । प्रधानमन्त्री दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त रहेको भन्दै व्यङग्य गर्दै सांसद राईले प्रधानमन्त्री चिया पसलमा गएर चिया पिउने भ्याउने तर बार्षिक तीन करोड बढीको चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्ड चिया किसान र उद्योगीको समस्यामा चासो दिन फूर्सद पाएको नदेखिएको बताए ।

चिया निर्यात रोकिँदा किसानको चिया खेर गएको, उद्योग आर्थिक मारमा परेको किसान र उद्योगले बैंकबाट लिएको ऋण तिर्न समस्या आएको सांसद राईले बताएका छन् । चियामा आश्रित किसानको रोजीरोटी र छोराछोरीको शिक्षामा समेत असर परेको सांसद राईले बताएका छन् । आफूले प्रधानमन्त्री, कृषिमन्त्रीलाई पटक–पटक भेटेर चिया निर्यातमा देखिएको समस्याकाबारेमा जानकारी गराएको भए पनि अहिलेसम्म समस्या समाधानका लागि पहल हुन नसकेको बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.