कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा विष्फोट, १२ भारतीयको मृत्यु

कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा विष्फोट, १२ भारतीयको मृत्यु
सुन्नुहोस्

कतार : कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक कारखानामा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये १२ जना भारतीय नागरिक रहेका छन् । कतारका अधिकारीहरूले सोमबार यो जानकारी दिएका हुन् । दोहास्थित भारतीय दूतावासले एक्स (ट्वीटर) मा पोस्ट गर्दै आइतबार राति रास लाफानमा भएको घटनामा १२ भारतीय नागरिकको दुःखद निधन भएको पुष्टि गरेको जनाएको छ । दूतावासका अनुसार घाइते भएका सबै व्यक्तिको अवस्था हाल स्थिर छ र उनीहरूको उचित उपचार भइरहेको छ ।

कतारमा ८ लाख बढी भारतीय कामदार कार्यरत छन् । उनीहरूले प्रत्येक वर्ष करिब १.३ देखि १.९ अर्ब अमेरिकी डलर भारत पठाउने गरेका छन् । भारतीय दूतावासले प्रभावित नागरिक तथा उनीहरूका परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन कतारका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । साथै मृतकहरूको शव यथाशीघ्र भारत पठाउने व्यवस्था मिलाउने प्रयास भइरहेको बताइएको छ । यसअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा कतारका ऊर्जा मन्त्री साद बिन श्रैदा अल–काबीले उक्त घटनामा भारतीय र पाकिस्तानी मूलका १३ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

भारतीय विदेशमन्त्री एस जयशंकरले के भने ?

भारतका विदेशमन्त्री एस जयशंकरले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा भएको विष्फोटमा भारतीय नागरिकसहित अन्य व्यक्तिहरूको मृत्यु तथा घाइते भएको खबरले अत्यन्त दुःखी बनाएको छ ।’ उनले भारतीय दूतावास कतारका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउन सक्रिय रहेको बताएका छन् । साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कतारमा भएको यस दुर्घटनाप्रति टर्कीको विदेश मन्त्रालयले पनि दुःख व्यक्त गरेको छ । भारतीय दूतावासले जारी गरेको अर्को वक्तव्यमा यो कठिन समयमा दोहास्थित भारतीय दूतावास तथा कतारस्थित सम्पूर्ण भारतीय समुदाय कतार सरकार र त्यहाँका नागरिकहरूसँग एकजुट भएर उभिएको जनाएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र हराइरहेका व्यक्तिहरूको सुरक्षाको कामना गरिएको छ ।

के हो दुर्घटनाको कारण ?
कतारको गृह मन्त्रालयले छुट्टै वक्तव्य जारी गर्दै प्राविधिक खराबीका कारण दुर्घटना भएको जनाएको छ । घटनामा १३ जनाको मृत्यु भएको र विभिन्न देशका ६६ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार सुरक्षा निकायहरूले आपतकालीन उद्धार टोलीसँग समन्वय गरी तत्काल घटनास्थलमा पुगेर आवश्यक सेवा उपलब्ध गराएका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने खोज तथा उद्धार कार्य सम्पन्न भइसकेको छ ।

अधिकारीहरूले दुर्घटनाको वास्तविक प्राविधिक कारण र त्यससँग सम्बन्धित सबै परिस्थितिबारे विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् ।  गृह मन्त्रालयले दुर्घटनापछि कुनै प्रकारको ग्यास चुहावट नभेटिएको र सार्वजनिक सुरक्षा वा वातावरणमा कुनै खतरा नरहेको पनि स्पष्ट पारेको छ । यसअघि कतार एनर्जीले आइतबार साँझ बरजान स्थानीय ग्यास आपूर्ति केन्द्र सञ्चालनका क्रममा विष्फोट र आगलागी भएको जनाएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.