रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण आज

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण आज
फाइल तस्बिर।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ। आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ। 

चितवनमा असार ७ देखि असार १२ सम्म भएको महाधिवेशनबाट रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। उनले भने चितवनमै आयोगबाट शपथ लिएका थिए।

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा पराजित घोषित गरिएका पूजा बास्तोला र ध्रुव थापामगर भने अहिले केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरिएको छ। आफूभन्दा कम मत ल्याउनेलाई निर्वाचित गराएको भन्दै बास्तोलाले असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने घोषणा गरेकी थिइन्। थापामगरले पनि पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका थिए। यता, निर्वाचन आयोगले भने प्राविधिक त्रुटिका कारण नाम छुटेको भन्दै सच्याउने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.